• होमपेज
  • अर्थ/वाणिज्य
  • सहकारी राज्यमन्त्रीले भनिन्ः ऐन पारित भए धेरै समस्या हल हुन्छ !

सहकारी राज्यमन्त्रीले भनिन्ः ऐन पारित भए धेरै समस्या हल हुन्छ !

  • बिहिबार, भदौ २९, २०७४
सहकारी राज्यमन्त्रीले भनिन्ः ऐन पारित भए धेरै समस्या हल हुन्छ !

गैंडाकोट,भदौं २९-

सहकारी राज्यमन्त्री चम्पादेवी खड्काले सहकारी ऐन पारित गर्ने आफ्नो पहिलो प्राथमिकता रहको वताउनुभएको छ । विहिवार विहान सहकारी समन्वय मन्च गैंडाकोट र विकू वचत तथा ऋण सहकार्री संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले ऐनमा भएका कमिकमजोरी संसोधन गरेर पनि सुधार्न सकिने भन्दै पहिले ऐन पारित गर्नेवारेमा आफुले पहल गरिरहेको बताउनु भयो । उहाँले विकू बचत तथा ऋण सहकारी संस्थाले आर्थिक तथा समाजिक विकासका लागि गरेको कामको प्रसंशा गर्नुभयो ।

राज्यमन्त्री खड्कालाई गैँडाकोटका सहकारीहरुले लिखित सुझाब दिएका छन् । समन्वय मन्चका संयोजक वेदप्रसाद गौडेलले सबै सहकारीलाई एउटै वास्केटमा नराख्न आग्रह गर्दै मन्चको तर्फवाट लिखित सुझाब दिनुभएको हो ।

कार्यक्रममा बोल्दै पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले सहकारी गरिब परिवारका महिलाका लागि वरदान सावित भएको वताउनुभयो । सहकारी वोर्डका सञ्चालक तथा विजय एफएमका संस्थापक अध्यक्ष खेमराज सापकोटाले विदेशवाट जहाजमा आएको पैसा ट्रकमा फेरि विदेश गैरहेको भन्दै सहकारीले नै यसलाई रोख्न सक्ने वताउनुभयो । सहकारीले राज्यसँग मात्र राम्रो निति चाहेको सापकोटाको भनाई छ ।

सहकारी संघ नवलपरासीका सचिब तिलकप्रसाद पराजुलीले सहकारी आन्दोलनको अग्रणी जिल्ला नवलपरासी रहेको वताउनुभयो । गैँडाकोटमा क्रियाशिल विभिन्न ३९ सहकारीका प्रतिनिधी सहभागी कार्यक्रममा स्वागत मन्तब्य राख्दै विकू वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष त्रैलाक्यनाथ खरेलले विकूले सदस्यको आर्थिक तथा सामजिक विकासका लागि गरिरहेका कामको जानकारी गराउनुभएको थियो । कार्यक्रम सहकारी समन्वय मन्च गैडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलेको अध्यक्षतामा भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा