• होमपेज
  • मनोरञ्जन
  • बन्ने भयो ‘म यस्तो गीत गाउँछु २’

बन्ने भयो ‘म यस्तो गीत गाउँछु २’

  • बिहिबार, भदौ २२, २०७४
बन्ने भयो ‘म यस्तो गीत गाउँछु २’

काठमाडौं, भदौं २२–

पछिल्लो समय नेपालमा सिक्वेल चलचित्र निर्माणले व्यापकता पाएको छ । पहिलो चलचित्र सफलता पाएपछि निर्माण युनिटले धमाधम सिक्वेल चलचित्र निर्माण गरिरहेका छन् । यसैक्रममा यसवर्षको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्माण टिमले सिक्वेल चलचित्रको रुपमा ‘म यस्तो गीत गाउँछु २’ निर्माण गर्ने घोषणा गरेको छ । निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’को सिक्वेल बनाउने घोषणा गरेका हुन्।

आफ्नो जन्मदिनमा वुधबार बेलुकी केक काट्दै उनले सिक्वेल निर्माणको घोषणा गरे । यस चलचित्रमा ‘म यस्तो गीत गाउँछु’ कै कलाकार नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहनेछ । तर सिक्वेल चलचित्रमा भने नायक सलोन बस्नेत पनि मुख्य भूमिकामा रहनेछन् ।

चलचित्रको छायांकन माघ महिनाबाट सुरु हुने निर्देशक सुदर्शनले जानकारी दिए । यस्तै, उनले अब हरेक बर्ष २ वटा चलचित्र बनाउने समेत बताएका छन् । ‘म यस्तो गीत गाउँछु २’ पछि अर्को एक अनटाइटल प्रोेजेक्टमा पनि काम भैरहेको उनले बताए । यो चलचित्र भने डान्सको कथामा बन्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा