काठमाडौँ,भदौ २१ –
कंगना रनौतले हालैमा ‘आप की अदालत’ शोमा दिएको बोल्ड उत्तरले अहिले बलीउडमा धूम मच्चाएको छ । फिल्म ‘सिमरन’ को प्रमोशनका लागि शोमा गएकी कंगनाले आफ्नो जीवनसँग जोडिएका कयौँ किस्सामाथि विचार राखिन् ।
कंगनाले ऋतिक रोशन, करण जौहर, आदित्य पंचोली र अध्ययन सुमनको बारेमा मज्जलै आफ्नो भनाई राखेकी थिइन् । कंगनाको अन्तर्वार्तालाई कतिले समर्थन गरेका छन् भने कतिले आलोचना पनि गरेका छन् । कंगनाको अन्तर्वार्तापछि अभिनेता आदित्य पंचोलीले आफ्नो धारणा राखेका छन् । मिडिया रिपोर्ट्सका अनुसार, आदित्यले कंगनालाई पागलको संज्ञा दिएका छन् ।
आदित्यले एक अन्तर्वार्तामा भने, ‘तपाईहरुले उसको अन्तर्वार्ता हेर्नुभयो रु तपाईहरुलाई लाग्दैन कोही पागल मान्छे कुरा गरिरहेको छ । हामी फिल्म इन्डस्ट्रीमा लामो समयदेखि काम गरिरहेका छौ तर कसैले पनि यस्तो कुरा गरेनन् । म के भनुँ, कंगना पागल केटी हो । यदी तपाई हिलोमा ढुंगा फ्याक्नुहुन्छ भने हिलो आफैँ तिर आउँछ ।’
आदित्यले अगाडि भने, ‘कंगनाले सबै कुरा झुटो बोलिरहेकी छिन् । म उसको विरुद्धमा लिगल एक्सन लिनेछु । मेरो परिवार उनको कुराबाट निकै दुखी हुनुहुन्छ । म र मेरो पत्नी कंगनाको विरुद्धमा लिगल एक्सन लिन जाँदैछौ ।’ सुजैन खानले आफ्नो पूर्वपति तथा अभिनेता ऋतिक रोशनलाई समर्थन गरेकी छिन् ।