• होमपेज
  • अर्थ/वाणिज्य
  • चितवनबाट बिस्थापित भारतीय सिमेन्ट,स्वदेशी सिमेन्टले यसरी गर्दैछ राज !

चितवनबाट बिस्थापित भारतीय सिमेन्ट,स्वदेशी सिमेन्टले यसरी गर्दैछ राज !

  • मङ्लबार, भदौ २०, २०७४
चितवनबाट बिस्थापित भारतीय सिमेन्ट,स्वदेशी सिमेन्टले यसरी गर्दैछ राज !

चितवन,भदौं २०-

चितवनमा स्वदेशी सिमेन्टले भारतबाट आयातित सिमेन्ट बिस्थापित गरेको छ । केहिवर्ष अघिसम्म भारतीय सिमेन्ट छ्याप्छ्याप्ती पाइने चितवनमा स्वदेशी सिमेन्टको राज चल्न थालेको छ । नेपालमा सिमेन्टको उत्पादन बढ्नुका साथै विश्वसनियता बढेकाले भारतीय सिमेन्ट बिस्थापित भएको अर्घखाँची सिमेन्टका सिनियर सेल्स एण्ड मार्केटिङ म्यानेजर रमेश थापा बताए । नेपाल सिमेन्टमा आत्मनिर्भरतर्फ जाँदै छ,उनले भनेः केही विदेशी प्रोजेक्ट बाहेक अन्य सबै क्षेत्रमा नेपाली सिमेन्ट प्रयोग हुदै आएको छ । उनले नेपाली सिमेन्टमा देखिएको बिस्वसनियताका कारण ग्राहकहरुको रोजाईमा परेको वताए । नेपालमै बनेको सिमेन्ट धेरै समय स्टोरेज हुदैन त्यसले पनि गुणस्तरमा कमी नहुने थापाको भनाई छ ।

सर्बत्तम सिमेन्टका एरिया सेल्स म्यानेजर राम भट्टले स्वदेशी सिमेन्टमा समस्या देखिए सजिलै भन्न सकिने तर भारतबाट आयात गरिएको सिमेन्टमा समस्या देखिए भन्ने ठाँउमा नभएका कारण नेपाली सिमेन्ट ग्राहकको रोजाईमा परेको वताए । उनले चितवनमा मात्रै सर्वत्तम सिमेन्टको मासिक ८ लाख बोरा सिमेन्ट खपत हुने गरेको दावी गरे । पहिले ७ बोरा बालुवा बारवर १ बोरा सिमेन्ट घोल्ने गरिएको थियो भने पछिल्लो समय ४ बोरा बालुवा बरावर १ बोरा सिमेन्ट घोल्ने गरिएका कारण पनि खपत बढेको उनको भनाई छ । भारतबाट आयातित सिमेन्टभन्दा नेपाली सिमेन्ट सस्तो रहेको भट्टले वताए ।

चितवनमा अर्घखाँची,सर्वत्तम,शालिमार,बृज,जगदम्बा,सिजी,सिद्धार्थ लगाएतका सिमेन्टले मार्केट जमाएका छन् । चितवनमा बार्षीक करिव ५५ करोडको सिमेन्ट खपत हुने गरेको छ । बिकास निर्माणका काम र मानविय चाप बढेका कारण पनि चितवनमा सिमेन्टको माग बढ्दो छ । चितवनमा भने एउटमा मात्र सिमेन्ट उद्योग छ । ओम सिमेन्ट प्रालिले उत्पादन गरेका सिमेन्ट स्थानिय बजारसंगै पोखरा र काठमाडौंमा खपत हुने गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार