• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्स बैंकको ६१ औं शाखा नवलपरासीको भूमहीमा

सिटिजन्स बैंकको ६१ औं शाखा नवलपरासीको भूमहीमा

  • मङ्लबार, भदौ २०, २०७४
सिटिजन्स बैंकको ६१ औं शाखा नवलपरासीको भूमहीमा

नवलपरासी, भदौं २०–

नेपालको बैंकिङ्ग क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६१औं शाखा नवलपरासीको भूमहीमा समुद्घाटन गरेको छ ।

सोमबार बैंकका नायब कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजा पाठगरी बैंकिङ्ग कारोवारको सुरुवात गर्नु भएको हो । सो समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

भुमही शाखाको विधिवत समुद्घाटनसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभावहरुलाई देशभरी फैलिएका यस बैंकको ६१ वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सो समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकका नायब कार्यकारी अधिकृत पोखरेलले वाकवाणि माध्यमिक विद्यालयलाई १ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त समारोहमा रामनगर बजार विकास समितिलाई १५ थान डस्टबीन पनि उपलब्ध गराईएको छ । उक्त डस्टबीनको प्रगोगले भुमही बजारको सुन्दरता कायम हुने भुमही शाखाका प्रबन्धक मधु खनालले जानकारी गराउनु भएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार