• होमपेज
  • अर्थ/वाणिज्य
  • दशैँको लागि भदौ २८ गतेदेखि नयाँ नोट साट्न पाइने, हेर्नुस कहाँ कहाँ पाइन्छ साट्ने सुबिधा !

दशैँको लागि भदौ २८ गतेदेखि नयाँ नोट साट्न पाइने, हेर्नुस कहाँ कहाँ पाइन्छ साट्ने सुबिधा !

  • सोमवार, भदौ १९, २०७४
दशैँको लागि भदौ २८ गतेदेखि नयाँ नोट साट्न पाइने, हेर्नुस कहाँ कहाँ पाइन्छ साट्ने सुबिधा !

काठमाडौं,भदौं १९-

नेपाल राष्ट बैंकले भदौ २८ गतेदेखि दशैंको लागि नयाँ नोट सटहीको सेवा सुरु गर्ने भएको छ। राष्ट्र बैंकले अघिल्ला वर्षहरुमा थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयबाट सटही गरिने व्यवस्था गरिएको भए पनि अहिले थापाथली परिसरस्थित क्षतिग्रस्त सिंहमहल भत्काउने कार्य भैरहकोले अन्य बैंकबाट वितरण गरिने भएको छ।

यसपटक नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका तोकिएको शाखाहरुबाट नयाँ नोट सटही गरिने राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले प्रति व्यक्ति २० हजार रुपियाँसम्म सटही गर्न सकिने जनाएको छ ।

कुन कुन शाखामा पाइन्छ नोट साट्न ?

नेपाल बैंक लिमिटेडको शाखा कार्यालयहरु- काठमाडौं बैकिङ अफिस, न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, किर्तिपुर र भक्तपुर शाखा ।

राष्ट्रिय वाणिज्य बैंंकको शाखा कार्यालयहरु – सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशालबजार र नक्साल शाखा ।

कृषि विकास बैंकको शाखा कार्यालयहरु – गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार ।

हेर्नुस बैंकको सूचना ।

Facebook Comments

सम्बन्धित समाचार