• होमपेज
  • मनोरञ्जन
  • दर्शकलाई यसरी झुक्कायो नेपाल आइडलले !!

दर्शकलाई यसरी झुक्कायो नेपाल आइडलले !!

  • शनिबार, भदौ १७, २०७४
दर्शकलाई यसरी झुक्कायो नेपाल आइडलले !!

काठमाडौँ, भदौं १७-

नेपाल आइडलले दर्शकहरुलाई नराम्रोसँग झुक्काएको छ । नेपाल आइडलको ‘टप फोर’मा पुगेका निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासमध्ये को बाहिरिएला रु भन्ने उत्कुसता बोकेर बसेका दर्शकहरुलाई नेपाल आइडलले झुक्काएको हो ।

निर्णायक मण्डलले अन्तिम प्रतिस्पर्धी चारै जनालाई फाइनलसम्म लाने निर्णय गरेपछि दर्शकहरु नराम्रोसँग झुक्किएनन् मात्रै, थप सशंकित पनि भएका छन् । शुक्रबारको शोबाट एक जना प्रतिस्पर्धी बाहिरिनुपर्ने थियो । अन्तिम तीनमध्येबाट क्रमशः ‘टप थ्री’ छान्ने निर्णायकहरुले बताएका थिए ।

एपी वान टेलिभिजनबाट प्रशारित शुक्रबारको कार्यक्रमलाई अलि विशेष रुपमा हेरिएको थियो । शुक्रबारको शो व्यवसायी तथा गीतकार बसन्त चौधरीको ‘शान्ति लुकाउँ कहाँ‘’ भन्ने गीतबाट सुरु भएको थियो । जुन गीत नेपाल आइडलका चारै जना प्रतिस्पर्धीले गाएका थिए । त्यसलगत्तै चारै जना प्रतिस्पर्धीले क्रमशः आफ्नो कला पस्किए ।

शुक्रबारको कार्यक्रममा भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र चलचित्र ‘२ रुपैयाँ’ का नायकद्वय निश्चल बस्नेत र आशिक साह विशेष आकर्षण थिए । उनीहरुले पनि केहीबेर स्टेज तताए ।

दर्शकहरुको चासोको विषय भने अन्तिम तीनमा को को प्रतिस्पर्धी सीमित हुन्छन् भन्नेमै थियो । किनकी शुक्रबारको कार्यक्रमका लागि मात्र ४ जना प्रतिस्पर्धीका लागि ३७ लाख २० हजार २८४ मत प्राप्त भएको थियो ।

जब नेपाल आइडलका जजहरुको निर्णयमा ‘नो एलिमिनेशन’ घोषणा गरियो, तब दर्शकहरु झुक्किए । सामाजिक सञ्जालमा अहिले नेपाल आइडलको चर्को विरोध र आलोचना भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि