• होमपेज
  • कृषि
  • माछापालनबाट राम्रो आम्दानी

माछापालनबाट राम्रो आम्दानी

  • आइतवार, भदौ १०, २०७५
माछापालनबाट राम्रो आम्दानी

दाङको लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङले व्यावसायिक रुपमा माछापालन गरेर आफूलाई सफल व्यावसायिक माछापालक कृषक बनाउनुभएको छ । उहाँले हाल आठ विगाहा जग्गामा आठ वटा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ ।

अहिले वर्षाको समयमा पनि उहाँको घरमा माछा लिन आउनेको सङ्ख्या बढ्दो छ । आठ वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दै आएका तामांङले अहिले माछा र माछाको भुरा उत्पादन गरेर वार्षिक रु ४० लाख आम्दानी गर्न सफल भएको बताउनुहुन्छ ।

तामाङले अहिले स्थानीय सात जनालाई रोजगारीसमेत दिनुभएको छ । माछापालनबाट अहिले वार्षिक रुपमा रु ४० लांख आम्दानी गर्न सफल भएपनि सबै खर्च कटाएर वार्षिक रु २० लाख बचत हुने गरेको उहाँले जानकारी दिनुभयो । ‘‘घरमा माछा लिन आएकाहरुले पनि कसरी, कहिलेदेखि काम शुरु गर्नुभयो भनेर सोध्छन्’ उहाँले भन्नुभयो, ‘‘यहाँ आएका जो सुकैले आफू पनि पोखरी खन्ने सपना देखेर फर्कन्छन् ।’’

शुरुमा धान र गहुँ राम्रोसँग उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उहाँलाई धेरैले गलत काम गरेको भनेर टिप्पणी पनि नगरेका होइनन् । गाउँ, समाज र घर परिवारबाट खेतीयोग्य जमिनलाई खनेर खाल्टो पार्दा बौलाउन थालिस् भन्नेहरु अहिले आफ्नो प्रशंसा गर्न थालेको उहाँको भनाइ छ ।

करीब आठ विगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा उहाँले ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछापालन गर्नु भएको छ । गत असार मसान्तसम्म मात्र २०० क्विन्टलभन्दा बढी माछा बिक्री भएको तामाङले बताउनुभयो । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारहरुमा बिक्रीका लागि लैजाने गरिन्छ । प्रति केजी रु २२० देखि २५० सम्मका दरले माछा बिक्री हुने गरेको छ ।

‘‘शुरुका दिनमा माछा बिक्री गर्नका लागि त्यति सजिलो थिएन । छिटुवामा राखेर स्थानीय बजारमा बिक्रीका लागि लैजानु पर्दथ्यो’’ उहाँ भन्नुहुन्छ, ‘‘तर अहिले त टाढाटाढाबाट घरमा नै माछा किन्न आउनेहरुको भिड लाग्ने गर्दछ ।’’ माछापालन व्यवसायबाट आफू अत्यन्तै सन्तुष्ट रहेको बताउँदै उहाँले आम्दानी पनि सोचेअनुसार गर्न सकिने हँुदा यस्ता आयआर्जनका व्यवसायमा लाग्न अन्य बेरोजगारहरुलाई सुझावसमेत दिनुभएको छ ।

आफ्नै गाउँघरमा मिहेनत र लगनशीलताका साथ काम गर्ने हो भने विदेशमा भन्दा बढी पैसा र मान सम्मान स्वदेशमै कमाउन सकिने उहाँको भनाइ छ । माछापालनमा लामो अनुभव बिताएका तामाङसँग माछापालनका बारेमा सरसल्लाह गर्न आउनेहरु पनि धेरै छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि