• होमपेज
  • अटो
  • भरतपुरमा भव्यरुपले ‘यामाहा एफजेड २५’ सार्वजनिक (भिडियोसहित)

भरतपुरमा भव्यरुपले ‘यामाहा एफजेड २५’ सार्वजनिक (भिडियोसहित)

  • शुक्रबार, भदौ १६, २०७४
भरतपुरमा भव्यरुपले  ‘यामाहा एफजेड २५’ सार्वजनिक (भिडियोसहित)

चितवन, भदौं १६–

चितवनमा पहिलो पटक भव्य रुपमा यामाहा कम्पनीको नयाँ मोडेलको मोटरसाईकल लन्च गरिएको छ । नविन अटो सेन्टर नारायणगढले यामाहा एफजेड २५ नयाँ मोटरसाईकल बिहीबार भरतपुरमा भव्य रुपमा लन्च गरेको हो ।

यामाहाका ब्रान्ड एमबेस्डर क्रिकेटर शरद भेषवाकरले स्टेजमा मोटरसाईकल लन्च गरे । दुई युवतीका साथ मोटरसाईकल चलाउँदै स्टेजमा क्रिकेटर शरद पुग्दा गडगडाहत ताली बजेको थियो । निकै आकर्षक तरिकाले ब्राण्ड एम्बेसडले भव्य रुपमा मोटरसाईकल लन्च गरिएको यही नै पहिलो पटक हो ।

कार्यक्रममा बोल्दै शरद भेषवाकरले सार्वजनिक नयाँ मोटरसाईकल हरेक तवरले उत्कृष्ट बनेको बताउनुभयो । नयाँ एफजेड २५ मा पुरानो भन्दा खासै फरक नहोला कि भन्ने आफ्नो सोँचाई गलत सावित भएको भन्दै उत्कृष्ट यो मोटरसाईकल खरिद गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले नयाँ लुक्समा आएको यस मोटरसाईकल ग्राहकको मन जित्नेमा विश्वास व्यक्त गर्नुभयो ।

नविन अटो सेन्टरका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले भर्खरै सार्वजनिक गरिएको अवसरमा यस मोटरसाईकल खरिद गर्दा ७ हजार रुपैयाँसम्म छुटको व्यवस्था गरिएको बताउनुभयो । उहाँले नेपालीहरुको महान् चाड वडा दशैं र तिहारको अवसरमा पनि विशेष अफरहरु ल्याएको बताउनुभयो ।

कार्यक्रममा यामाहा एफजेड २५ मोटरसाईकल खरिद गरेका ग्राहकहरुलाई प्रवन्ध निर्देशक कर्माचार्यले चावी हस्तान्तरण गर्नुभएको थियो । यस्तै कार्यक्रमकी सभापति नविन अटो सेन्टरकी अध्यक्ष मुनादेवी कर्माचार्यले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा नविन अटो सेन्टरकी संचालक सुनिता कर्माचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाडौंको अलाईट २० को बिब्योईङ नृत्य प्रस्तुत गरेको थियो ।

सार्वजनिक नयाँ यामाहा एफजेड २५ को बजार मूल्य ३ लाख ५४ हजार ९ सय रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार