www.wnepal.com (डब्लुनेपाल डट कम) मुनाल मिडिया प्रालिद्वारा सञ्चालित नेपाली भाषाको आर्थिक समाचार पोर्टल हो। यस प्रालिले विशेषत अर्थ क्षेत्रमा केन्द्रित रही समाचार प्रवाह गर्दछ । बैकिङ/बीमा/शेयर बजार/अटो बजार लगायत अन्य आथिक क्षेत्रसँग सम्बन्धीत गतिविधिहरुलाई यस अनलाईन पोर्टले प्राथमिता दिने गरेको छ । यस अनलाइन २०७० सालबाट सुरु भएपनि पनि २०७३ सालमा यसले कानुनी मान्यता पाएको हो ।

सम्पादकको चिनारी

भूपेन्द्र आचार्य (सम्पादक/प्रबन्ध निर्देशक)

एसएलसी.गरेबाटै २०४६ सालदेखि पत्रकारिता पेशामा लागेका श्री भूपेन्द्र आचार्यको आधा जीवन पत्रकारितामै बितेको छ । २०४६ ंसालदेखि चितवनबाट ‘पुर्नजागरण साप्ताहिक’ मा संवाददाताको रूपमा पत्रकारिता गर्दै आएका आचार्य विगत २९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । ०४८ सालमा काठमाडौं आएर पत्रकारिता सुरु गरेका आचार्य तत्कालीन ‘प्रभातकालीन दैनिक’ को सम्पादक बनेका थिए । ‘जनमञ्च साप्ताहिक’ मा कार्यकारी सम्पादक भई लामो समय पत्रकारिता गरेका आचार्य अहिले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको लेखा समिति सदस्य रहेका छन् ।
विगत सात वर्षदेखि आफ्नो सम्पादकत्व र प्रकाशनमा राजतिलक साप्ताहिक सुरु गरेका आचार्य ‘आर्थिक बजार’ मासिकको स्तम्भकार भएर काम गरिरहेका छन् ।
पत्रकारितामा कडा, चोटिलो र खोजमूलक आर्थिक पत्रकारिता गर्दै आएका श्री भूपेन्द्र आचार्यको नेतृत्वमा हामीले विगत ३ वर्षदेखि यस www.wnepal.comको सुरुवात गरेका हौं ।
आर्थिक गतिविधि, बैंक, फाइनान्स, अटो, तथा कर्पोरेट हाउसहरूको भित्री गतिविधिका समाचारलाई अत्यन्तै गम्भीर भएर स–प्रमाण पाठक सामु पस्कन माहिर आचार्यसँग सम्बन्धित ‘राजतिलक साप्ताहिक’, ‘आर्थिक बजार मासिक’ ले बजारमा सधैं चर्चा पाउने गरेको छ ।
यस्ता समाचार पाठकसामु ल्याउने आचार्यकै कारण यस अनलाइन छोटो समयमै सफल भएको छ । धन्यवाद ।