उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा
साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो । व्यवस्थापक पाण्डेयले भन्नुभयो, […]