सनराइज बैंकद्वारा क्याम्पसलाई सहयोग
सनराइज बैंक लि., सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिका वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई ३२ हजार बराबरको शैक्षिक सामग्री लगायतका सामान सहयोग प्रदान गरेको छ । क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालद्धारा सो क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गर्नुभयो । […]