• होमपेज
  • मनोरञ्जन
  • सरोज र आश्मा अभिनित ‘भेट हुदाँ’ सार्वजनिक

सरोज र आश्मा अभिनित ‘भेट हुदाँ’ सार्वजनिक

  • शुक्रबार, अशोज ३, २०७६
सरोज र आश्मा अभिनित ‘भेट हुदाँ’  सार्वजनिक

” मंगली ” गीतको सफलता पछि यस अघि मंगली गीतको संगै सहकार्य गरेको टिमले नै पुन ‘भेट हुदाँ’ ( मंगली भाग २ ) लिएर दर्शक सोर्ता माझ आएका छन । करिव १ वर्ष अघि सार्वजनिक मंगलीको म्युजिक भिडियोलाई दर्शकले ८० लाख बढी पटक हेरिसकेका छन।

प्रलाद शाह प्रस्तुतकर्ता रहेको ‘भेट हुदाँ’ बोलको नयाँ गीतलाई गीतकार शाहले नै लेखेका हुन । गीतमा स्वर चर्चित गायक शिव परियारको छ भने संगीत शंकर थापा ” स्माइल ” को रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन ।

भिडियोमा कार्टुन क्रुज समुहका मुख्य कलाकार सरोज अधिकारी र आश्मा बिश्वकर्माको बेजोड अभिनय देख्न सकिन्छ । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियोलाई सम्पादन गरेका हुन । शान थापाको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार