• होमपेज
  • कर्पोरेट
  • कामना सेवाकोे ओभरड्राफ्ट कार्ड सेवा शुरु

कामना सेवाकोे ओभरड्राफ्ट कार्ड सेवा शुरु

  • बिहिबार, अशोज २, २०७६
कामना सेवाकोे ओभरड्राफ्ट कार्ड सेवा शुरु

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने ओभरड्राफ्ट कार्ड सुविधा समेत प्रदान गर्ने गरी यहि असोज २ गते देखि सो सेवा शुभारम्भ गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गर्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ओभरड्राफ्ट कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले उक्त ओभरड्राफ्ट कार्ड प्रयोग गरि उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताउनु भयो । साथै, ओभरड्राफ्ट कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गर्नुभएको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा ब्त्ः मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार