• होमपेज
  • कलिउड
  • हिरो नं. १ युरोपका दर्जनौं देशमा प्रदर्शन हुँदै

हिरो नं. १ युरोपका दर्जनौं देशमा प्रदर्शन हुँदै

  • सोमवार, भदौ ३०, २०७६

काठमाडौं । नायक जय किशन बस्नेतले निर्माण एवम निर्देशन गरेको पछिल्लो चलचित्र हिरो नं. १ नेपालमा सफल प्रदर्शन भएपछि बिदेशमा पनि ब्यापक माग भएको छ । नेपालका दर्शकहरुले अत्याधिक मन पराएपछि बिदेशमा पनि यो चलचित्रको माग भएको हो ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र हिरो नं. १ स्विजरल्याण्ड, अमेरिका, जर्मन, फ्रान्स, पोर्चुगल, बेल्जियम, स्पेन, बेलायत, क्यानाडा, मलेसिया र सिंगापुरमा प्रदर्शन गर्ने सम्झौता भई सकेको छ भने अन्य देशहरुमा पनि माग भई रहेको बताईएको छ । ती देशहरुमा आफ्नो चलचित्र प्रदर्शनको लागी सम्झौता भएपछि नायक एवम् निर्देशक जय किशन बस्नेत आजैदेखि प्रकृयाको दौडधुपमा लागेका छन् ।

चलचित्र हिरो नं. १ गत भदौ २७ गतेदेखि देशब्यापी प्रदर्शनमा आएको थियो । उपत्यका भित्र र बाहिर गरी कुल ८५ वटा हल पाएको यस चलचित्रले हालसम्म पनि उत्साहजनक ब्यापार गरि रहेको छ । यस चलचित्रमा जय किशन बस्नेतको साथमा जाहन्वी बस्नेत, एलिना रायमाझी, शोभित बस्नेत, लय संग्रौला, संघरत्न महर्जन, टार्जन, प्रनिपराज अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । अघिल्ला चलचित्र भन्दा हिरो नं. १ मा दर्शकहरुले झन् सकारात्मक प्रतिक्रिया दिएपछि उत्साहित बनेका नायक बस्नेतको यसपाली दशैं तिहार नै बिदेशमा चलचित्रको प्रदर्शन गरेर बित्ने भएपछि अत्यन्त खुसी देखिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार