• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • डोरियन आँधीबाट २५ सय बेपत्ता

डोरियन आँधीबाट २५ सय बेपत्ता

  • बिहिबार, भदौ २६, २०७६
डोरियन आँधीबाट २५ सय बेपत्ता

संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ ।

भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन् । उनीहरुले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।  गत शुक्रबारसम्म सो आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको थियो । थप केही शवहरु भेटिए पछि मृतकको सङ्ख्या ५० पुगेको बुधबार बताइएको छ ।

बहमास द्वीपका नागरिकका लागि डोरियन “इतिहासकै दुःखान्त” भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताउनु भएको थियो । आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार