• होमपेज
  • समाचार
  • पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न

पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न

  • शनिबार, भदौ २१, २०७६
पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न

पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको संगठन पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौंको स्रोहखुट्टे नयाँबजारमा शनिबार संगठनको वार्षिकउत्सव सम्पन्न भएको हो ।

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष सीएन पाण्डेको प्रमुख अथित्यतामा भएको कार्यक्रममा नेपाल टुरिष्ट भ्याकल एशोसिएसनका अध्यक्ष रामशरण कार्की विशेष अतिथि रहेका थिए भने प्रहरी नायब निरिक्षक मदनराज उपाध्याय, सगरमाथा इन्सुरेन्सका विनोद थापा, नेपाल चाइनिज गाइड एशोसिएसनका उपाध्यक्ष कपिल क्षेत्री, राजन खनाल, चलचित्र विकास बोर्डका पूर्व सदस्य कलाकार उत्तम केसी, चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, गीतकार संघ नेपालका महासचिव वसन्त वित्यासी थापा, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक सञ्जय पाण्डेलगायतका अतिथिहरु रहेका थिए ।

समाजका अध्यक्ष राजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने समाजलाई सहयोग गर्ने विभिन्न सहयोगी संस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

अध्यक्ष कार्कीले समाजले छोटो समयमा गरेका कार्यहरुको विवारण प्रस्तुत गर्नुका साथै यस क्षेत्रमा काम गर्ने मजदुरहरुको विविध समस्या उजागर गर्नुका साथै त्यसको समाधानका लागि पहल गर्ने बताए । उनले पर्यटन वर्ष २०२०लाई सफल बनाउ यो समाजले विशेष पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

पर्यटन मजदुर समाज नेपालमा अध्यक्ष राजकुमार अधिकारी, बरिष्ठ उपाध्यक्ष रुद्र भुसाल, उपाध्यक्ष माधवप्रसाद घिमिरे, महासचिवमा सुदर्शन खत्री ‘दिलवर’, कोषाध्यक्ष भीमसेन टी लामासहित १५ सदसीय कार्यसमिति रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि