• होमपेज
  • समाचार
  • एटिएम ह्याकिङ प्रकरणमा चिनीयाँ दुतावासद्वारा सहयोगको प्रतिबद्धता

एटिएम ह्याकिङ प्रकरणमा चिनीयाँ दुतावासद्वारा सहयोगको प्रतिबद्धता

एटिएम हयाकिङमा ३ नेपाली सहित थप ४ जना चिनीया पक्राउ

  • मङ्लबार, भदौ १७, २०७६
एटिएम ह्याकिङ प्रकरणमा चिनीयाँ दुतावासद्वारा सहयोगको प्रतिबद्धता

नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहका थप ४ जना पक्राउ परेका छन् । एटीएम ह्याकपछि रकम साट्ने कार्यमा मुछिएका मनी एक्सचेन्जका सञ्चालकलाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ठमेलस्थित डेक्सो मनी एक्सचेन्जका देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी छन् ।

चिनियाँ नागरिकले ह्याक गरेर निकालेका नेपाली रुपैया डेक्सो मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेका खुलेको छ । नेपाल मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ गैरकानुनी रूपमा साटेका प्रहरी अनुसन्धानले देखाएको छ ।

नेपाल प्रहरीले एटीएम ह्याकिङ गर्ने कार्यमा संलग्न फरार ३ चिनियाँ नागरिकमध्ये १ जनालाई भने अध्यागमन विभागको मद्दतबाट पक्राउ गरेका थियो । पक्राउ पर्नेमा चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई लि रहेको काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले बताए ।

चिनीया दुताबासको चासो
नेपाली वाणिज्य बैंकहरुको एटिएम सिस्टम ह्याकिङ प्रकरणमा काठमाडौंस्थित चिनियाँ दूतावासले पूर्ण का फस्ट सेक्रेटरी फाङ सोइलिङले नेपाल प्रहरीलाई अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको काठमाडौं प्रहरी परिसरका डीएसपी बोगटीले जानकारी दिए ।

फाङले सोमबारनै महानगरीय प्रहरी परिसर टेकु पुगेर एटिएम ह्याकिङ्ग गरी रकम चोरी काण्डमा पक्राउ परेका ६ जना चिनीयाँ नागरिकलाई भेटेका थिए । एटिएम ह्याक गरी चोरी गर्नु गलत भए पनि चीनमा रहेका आफन्तलाई उनीहरूको अवस्थाबारे जानकारी दिन आफूले भेट गरेको फाङले बताए ।

यसरी नेपाल प्रहरीले नेपालको वाणिज्य बैंकहरुको एटीएम ह्याकिङ गरी पैसा चोरीमा संलग्न तीन नेपालीसहित ९ जनालाई पक्राउ गरी सहेको छ । उनीहरूमाथि बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद लिएर अनुसन्धान थालिएको समेत प्रहरीले बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि