• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • अमेरिकालाई अर्को झक्का चीनले बढायो आयत कर

अमेरिकालाई अर्को झक्का चीनले बढायो आयत कर

अमेरिका र चीनको आर्थिक द्धन्द्ध

  • सोमवार, भदौ १६, २०७६
अमेरिकालाई अर्को झक्का चीनले बढायो आयत कर

चीन विश्वमा नै ठुलो अर्थतन्त्र भएको देश भनेर चिनिन्छ । जसले गर्दा विश्वका मानिसहरुले सस्तो र सुलभ मुल्यमा दैनिक उपभोग्य बस्तुहरु लगायत अन्य विभिन्न सामानहरु सुपथ र सुलभ मुल्यमा खरिद गर्न सकेका छन् । विश्वमा मंहगा मानिने बस्तुहरुलाई चीनले त्यस्तै सामान सस्तो मुल्यमा बजनामा दिन्छ । जसले गर्दा चिनीया उत्पादन विश्व बजारमा प्रख्यात मानिन्छ । यस्तै गरी अर्को देश जुन विश्वलाई नै आफ्नो अधिनमा रहुन र बसुन भन्ने अभिव्यक्ति राख्ने देश संयुक्त राज्य अमेरिका । यि दुई देश विच विश्व युद्ध जस्तो युद्ध नभइ पनि व्यापारिक द्धन्द्ध भने भईराखेको हुन्छ । हालै अमेरिकारले विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्त राज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत करवृद्धि हुनेछ।

अमेरिकारका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाई गर्न नसकिने बताएका थिए। उनले भनेका थिए, “घोषित करवृद्धि लागू हुन्छ, यो रोकिँदैन।” नयाँ करहरु खाद्य सामग्री, खेलकूदका सामान, संगीत सामग्री र फर्निचर समेतका दैनिक उपभोगका सामानमा वृद्धि गरिएको छ। वासिङ्टनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्यूटका अर्थशास्त्रीहरुले अमेरिकाको पछिल्लो कदमले करिब ११२ अर्ब अमेरिकी डलर बराबरका सामानमा असर पार्ने बताएका छन् ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेका थिए। अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा करवृद्धि हुनेछ।
अमेरिकाद्वारा चिनीयाँ सामानमा गरिएको करबृद्धिसंगै यता चीनले पनि अमेरिकाबाट आयात हुने सबै सामानमा कर सेप्टेम्बर १ देखि लागू हुनेगरी कर बढाउने घोषणा गरेको छ ।

अमेरिकाका सयौं कम्पनी र व्यवसायिक समूहहरुले नयाँ कर पक्षमा भने देखिदैनन् । उनीहरुले घोषणा गरेको कर लागु नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए। करवृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरिद गर्ने सामान महंगो हुने र जनजीवनमा ठुलो असर पर्ने उनीहरुको दाबी छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि