• होमपेज
  • बीमा
  • शिखर इन्स्योरेन्सको ४७ करोड २९ लाख ८१ हजार

शिखर इन्स्योरेन्सको ४७ करोड २९ लाख ८१ हजार

  • बुधबार, भदौ ४, २०७६
शिखर इन्स्योरेन्सको ४७ करोड २९ लाख ८१ हजार

शिखर इन्स्योरेन्सको ४७ करोड २९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । इन्स्योरेन्सको जगेडा कोष ४५ करोड ७० लाख पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा २१ करोड २५ लाखको जगेडा कोष थियो।यस्तै कम्पनीले गत आवमा

इन्स्योरेन्सको गत आवमा कमाएको यो नाफा अघिल्लो आवको यहि अवधिको तुलनामा यो १८.४६ प्रतिशतले धेरै हो। अघिल्लो आवको यसै अवधिमा कम्पनीको खुद नाफा ३९ करोड ९२ लाख रुपैयाँ थियो ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रहेको कम्पनीको बीमा कोषमा पनि चुक्ता पूँजी सरह छ । इन्स्योरेन्सको महाविपत्ति कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले एक अर्ब ५६ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ५९ करोड १९ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २ करोड ८५ लाखले घटेको हो।

गत आवमा कम्पनीले पुर्नबीमा कमिशन आयबाट ४९ करोड ६६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसाबाट बढेर ४४ रुपैयाँ ४३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १७ पैसा, र मुल्य आम्दानी अनुपात १७.२४ गुणा छ । तीन लाख ३ हजार ५९१ बीमालेख जारी गरेको कम्पनीले तीन अर्ब ५१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ६४ हजार ९७४ बीमालेख नवीकरण भएका छन्। यस्तै १६ हजार ६३५ वटा दाबीमार्फत परेको एक अर्ब ८५ करोड ३४ लाख बराबरको कुल दाबी भुक्तानी गरेको छ भने ४ हजार ३८२ दाबीबाट परेको ८१ करोड १६ लाख बराबरको भुक्तानी गर्न बाँकी छ । चौंथो त्रैमाससम्म कम्पनीले दाबी वापतको ३० करोड ९ लाख बराबरको भुक्तानी गर्न बाँकी छ ।

अघिल्लो आवमा कम्पनीले ३ लाख २ हजार ४३४ बीमालेख बाट ३ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस्तै ५ हजार २११ वटा परेको ४ हजार ५५२ दाबीबाट परेको एक अर्ब ८६ करोड ५५ लाख कुल दाबी भुक्तानी गरेको थियो भने ३ हजार ८७ दाबीबाट परेको ६५ करोड ४१ लाख बराबरको कुल दाबी भुक्तानी गर्न बाँकी थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि