• होमपेज
  • मनोरञ्जन
  • तारा र राधिकाको रामेछाप सिन्धुली

तारा र राधिकाको रामेछाप सिन्धुली

  • आइतवार, भदौ १, २०७६
तारा र राधिकाको रामेछाप सिन्धुली

नेपाली सांगीतिक क्षेत्रका लागी नयाँ गायक हुन् तारा राना मगर । सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं. १ खलंगा पोखरी निवासी गायक मगरले गायिका राधिका ढकालसँग मिलेर मोडल आरुषी मगर र सञ्जिव ठकुरीलाई सिन्धुली पुर्याएका छन् । उनले साँच्चीकै उनीहरुलाई सिन्धुली पुर्याएको नभई उनको गीतको बोल नै रामेछाप सिन्धुली रहेको छ ।

लोक दोहोरी शैलीको रामछाप सिन्धुली बोलको गीतमा भिमसेन खतिवडाको शब्द तथा संगीत रहेको छ भने विष्णु तामाङको संगीत संयोजन रहेको छ । भिडियोमा आरुषी मगर, सञ्जिव ठकुरी र रवि मगरको रोमाञ्चक अभिनय र नृत्य गरेका छन् । रामेश्वर जिरेलको छायाँकन, जिसन ठटाल र रोजीना महर्जनको कोरियोग्राफी, सुमन तामाङको कलर र तेन्जी लामाको निर्देशन तथा सम्पादन रहेको छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस्:
Facebook Comments

सम्बन्धित समाचार