• होमपेज
  • समाचार
  • कति कमाउनेले कति कर तिर्नु पर्ने ?

कति कमाउनेले कति कर तिर्नु पर्ने ?

  • शुक्रबार, साउन ३, २०७६
कति कमाउनेले कति कर तिर्नु पर्ने ?

राज्यले हरेक वर्ष जस्तै करको दरमा परिवर्तन गरेको देखिन्छ । सरकारले श्रावण १ गतेबाट लागु हुने करका दरमा यस्तो परिर्वतन गरेको छ । अविवाहितको हकमा सरकारले यस्ता कर लगाउने देखिन्छ ।

४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ, ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार रुपैयाँ, ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ, ७ लाख २० हजार रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँ, र २० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० हजार रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ । यसको अर्थ २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

यस्तै विवाहितको हकमा सरकारले यस्ता कर लगाउने भएको छ । ४ लाख ५० हजार रुपैयाँसम्ममा १ प्रतिशतका दरले ४ हजार ५ सय रुपैयाँ, ४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म थप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार ५ सय रुपैयाँ, ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँ, ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३० प्रतिशतका दरले ३ लाख ७५ हजारसमेत गरी ४ लाख २९ हजार ५ सय रुपैयाँ र २० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने देखिन्छ ।

अर्को महत्वपूर्ण कुरा के पनि छ भने अब प्यान नम्बर अनिवार्य गरेको छ । सरकारले साउनदेखि कुनैपनि कम्पनी तथा फार्म तथा निकायले स्थायी लेखा नम्बर(प्यान) बिना तलब दिन नपाउने व्यवस्था गरेको छ । तलब दिँदा प्यान नभएका कर्मचारीलाई खर्च कट्टी गर्न नपाउने आर्थिक विधेयकमा उल्लेख गरिएको छ। जसअनुसार, कुनै पनि कम्पनी तथा फार्मले साउनदेखि सबै कर्मचारीलाई बैंक खातामार्फत तलब भुक्तानी गर्नुपर्छ । त्यसमा प्यान नम्बर उल्लेख अनिवार्य देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार