• होमपेज
  • फिचर
  • जनतासंग जनप्रतिनिधिको सामिप्यतता

जनतासंग जनप्रतिनिधिको सामिप्यतता

  • मङ्लबार, असार ३१, २०७६
जनतासंग जनप्रतिनिधिको सामिप्यतता

दान बहादुर कार्की । नयाँ नेपालको परिकल्पना गरी स्थानीय सरकार चुनिएको करिव २ वर्ष पुग्न लाग्यो । करिव १५ वर्ष रिक्त भएपछि भएको स्थानीय निर्वाचनसंगै जनताले आफ्ना प्रतिनिधिले चुनेर पठाएर तिनिहरुवाट अपेक्षा समेत धेरै गरे । यही अपेक्षाको विचमा धेरै जनप्रतिनिधी आफूलाई खरो रुपमा उतारे भने कयौले विवादमात्र सिर्जना गराए । कोही जनप्रतिनिधिले गाडी खरिद ठेक्कामा सिमित गराएर विवाद आए भने कोही पिर्के सलामी खाएर विवादमा आए । तर केही जनप्रतिनिधिले आफै रात दिन जनताको काममा खटिएर जनताको मन जित्ने काम गर्दै आएका छन् ।

जनतासँग प्रत्यक्ष र सिधा जोडिने जनप्रतिनिधिले काम नगर्दा समग्र सरकारको आलोचना भईरहेको समयमा केही प्रतिनिधीको कामले सिंहदरवार घर आँगनमा आउन लागेको अनुभुति दिलाएका छन् । यसरी देशभरका ७६० स्थानीय सरकारमा चुनिएका जन प्रनिनिधिहरु आ–आफ्नो काम गर्ने शैलीका कारण विवाद र प्रशंसा दुवै वटुलिरहेका छन् । यस्तै भिडमा जनताका लागि रातदिन खटिएका एक जनप्रतिनिधी हुन् जयराम महत ।

राज्यका उपल्लो तहमा बसेर नीति र नियम बनाउनेहरु आश्वासनको खेतीलाई मलजल गर्नमै व्यस्त छन् । भने कहिकतैका जनप्रतिनिधीहरुलाई भने जनताको सेवालाई दैनिक बनाएका छन् ।

काठमाडौ उपत्यकाको नगरपालिकाहरुले उत्साहजनक नतिजा दिन नसकेको भनि आलोचना भई रहँदा गोकर्णेश्वरका जन प्रतिनिधि महत भने फरक उदाहारण भएर निस्केका छन् । महत स्थानीय निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको वडा नम्वर ४ मा प्रत्यक्ष तर्फ निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसका तर्फवाट वडा सदस्यमा निर्वाचित भएका महत पहिलो पटक सक्रिय राजनीतिमा त्यही समय देखि होमिएका हुन् । समाज सेवामै रहेका उनी स्थानीय निर्वाचनपछि एकै पटक पार्टीको राजनीतिमा प्रवेश गरे । त्यसअघि कहिल्यै पनि उनी पार्टीको कार्यकर्ताको रुपमा जनतामाझ देखिएका थिएनन तर उनी समाजसेवामा भने सक्रिय रहेका थिए ।
सायदै कहिकतै स्थानीय तहका जनताहरु मात्रै आफ्नो भोटको सही सदुपयोग भयो भनी खुसी होलान् त्यसमा गोकर्णेश्वर नगरपालिकाका ४ नं. वडा बासीहरु पनि खुशी छन् । जनप्रतिनिधी जयराम महत पाउदा ।

गोकर्णेश्वर नगरपालीका वडा न.४ मा पर्ने माकलबारी गोकर्णमा ताथलो भएर बस्ने नेवार समुदायको खेतीगने जमिन हो । पछिल्लो १० वषमा खेतकाट बस्तीमा बिकास भयो । गत वर्ष भक्तपुर र काठमाडौको केहि भागमा डुबानले प्रभावित हुदा माकलबारी पनि डुवानको चलेटाममा पर्यो । यसै घटनाको स्मरर्ण गर्नुहुन्छ । लेख ब रायमाझी ‘वषादको समयमा दिन भरिको कामले तकित भएका महतलाई माकलबारीबाट लेख ब रायमाझीको फोनको घन्टी बज्छ । माकलबारीका केहि घर डुबानमा परेको खबर १२ बजे सुनेका महत खाना पानी र निन्द्र केहि नभनी माकलबारी झरेर गरे । जनताका प्रतिनिधि हुनत जय राम महत जस्ता हुन् ।’

‘जनताको सेवाकै लागि आफ्नो फोन हर समय खुल्ला राखेका छन् । म जनताको सेवाका लागि मलाई निर्वाचित गराएकाले उनीहरुको् काम त गर्नै परो नि’ उनले मुस्कुराउदै भने । माकलबारीको भित्री बाटोमा ग्रावल विछ्याउन स्थानीयसंगै खटिएका उनले महतले राजनीतिमा आएपछि जनताको कामवाट पछाडी हट्न नहुने सोच राख्दछन् । जनताले गुनासो गर्न नहुनेगसरि उनीहरुको काम प्रतिनिधिको रुपमा काम गर्नुपर्ने उनको भनाई छ । उनले आफ्नो वडामा काम विशेषले आउने सवै जनतालाई आफ्नो फोन नम्वरमा सार्वजनिक गरेका छन् । घरको नक्सा पासदेखि वडाको सिफारिससम्म र नगरपालिकाको काममा गराउन उनी आफै जनतालाई लिएर वडा तथा नगरपालिका धाउने गरेका छन् । हरेक दिन उनी विहान ८ वजे घरवाट निस्कन्छन भने रातपरेपछि मात्र फर्केने गर्दछन् ।

यसरी दैनिक रुपमा राजनीतिमा खटिदाँ घर परिबारमा खटपट हुदैन भन्ने प्रश्नमा उनको आफ्नै उत्तर छ । ‘राजनीतिमा लागेपछि दिनरात भन्न पाइदैन र परिबारलाई समय दिन पाइदैन त्यसैले खटपट हुनु सामान्य हो ’ उनले भने ‘जनप्रतिनिधी भनेकै जनताको कामका लागि हो भनेर हाँसेर फकाउने गर्छु ।’

जन निवाचित प्रतिनिधि मतदाताको सामिप्यताले राज्य प्रति जनताको दुरी सधै नजिक बनाउछ । राजनिति सेवा की पेशा भन्र्ने बहस भई रहदा जयराम महत जस्ता राजनितिकर्मीले राजनितिको परिभाषा जनताको सेवा नै हो भन्ने भावलाई कायम राख्न सहयोग पु¥याएको छ । निवाचित प्रतिनिधिले आफ्ना मतदातको अपेक्ष पुरा गर्न सके बढदो दल र राज्य प्रतिको निकारा उत्साहमा परिणत हुनेछ । देशका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा व्यवहारमा परिणत हुन्थ्यो कि ?

Facebook Comments

सम्बन्धित समाचार