• होमपेज
  • बैंकिङ्ग
  • सनराइज बैंकमा जनक शर्मा पौडेलको आगमन

सनराइज बैंकमा जनक शर्मा पौडेलको आगमन

  • सोमवार, असार ३०, २०७६
सनराइज बैंकमा जनक शर्मा पौडेलको आगमन

सन्राइज बैंक लिमिटेडको संचालक समितिको ३२० औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा काठमाण्डौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका बस्ने जनक शर्मा पौड्याललाई २०७६ साल श्रावण ९ गते देखि हाजिर हुने गरी ४ बर्षका लागि सीइओ पदमा नियुक्त गरिएको छ ।

सीइओ पदमा नियुक्त हुने पौड्यालले तत्कालिन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड) मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ बर्षको कार्यानुभव लिएका छन् । एनआईसी बैंक (हालको एनआईसी एशिया) मा ५ बर्ष र लक्ष्मी बैंकमा करिब २ बर्षको कार्यानुभव लिएका पौडेल अध्ययनको लागि बेलायत गएको र अध्ययनको क्रममा बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ बर्ष ६ महिना काम गरेका थिए ।

बेलायतबाट फर्के लगतै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा रही ११ बर्ष कार्य गरी सीइओ बनेका थिए । उनीसंग ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक÷अध्यक्ष समेत भएका थिए । पौडेलसंग बैंकिङ्ग क्षेत्रमा ३२ बर्ष भन्दा बढिको कार्यानुभव रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार