• होमपेज
  • बीमा
  • ज्योति लाइफ इन्स्योरेन्सको केयर कार्ड सुविधा

ज्योति लाइफ इन्स्योरेन्सको केयर कार्ड सुविधा

  • शनिबार, असार २८, २०७६
ज्योति लाइफ इन्स्योरेन्सको केयर कार्ड सुविधा

ज्योति लाइफ इन्स्योरेन्सले सेवाग्राहीलाई अतिरिक्त सेवा दिने उद्देश्यका साथ‘ज्योति केयर कार्ड’ ल्याएको छ  । शुक्रबार कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले उक्त कार्डको शुरुवात गरेका छन्  ।

ज्योति केयर कार्ड निश्चित मापदण्ड पूरा गरेका बिमित,अभिकर्ता, कर्मचारी र  शेयरहोल्डरले प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त  कार्ड पाउने व्यक्ति र उसले परिवारका सदस्यले काठमाडौं उपत्यकाको हकमा  ह्यान्स हस्पिटल, सुमेरु हस्पिटल, नेपाल क्यान्सर एण्ड रिसर्च सेन्टर, नेपाल मेडीसिटि हस्पिटल, ग्राण्डी इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन्  त्यस्तै उपत्यका बाहिर समर हस्पिटल एन्ड रिसर्च सेन्टर जनकपुर, चितवन मेडिकल कलेज ,नारायणी सामुदायिक हस्पिटल, लुम्बिनी टेक्निकल कलेज एण्ड हस्पिटल, राप्ति लाइफ केयर हस्पिटल, माया मेट्रो हस्पिटलमा पनि छुट पाउनेछन् ।

यसैगरी  सिध्दार्थ होटल ,बुध्द एयरलगायतका कम्पनीहरुसँग पनि इन्स्योरेन्सले सम्झौता गरेकाले आफ्ना सेवाग्राही त्यस्ता संस्थाबाट पनि  ५ प्रतिशतदेखी ३० प्रतिशत सम्म नगद छुट पाउने कम्पनीले जनाएको छ । साथै, बिमितले ईमेलको माध्यमबाट ज्योति केयरको बारेमा सूचना आदान–प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ । यसका लागि बिमितले [email protected] मा मेल गरेर  सुचना प्राक्त गर्न सक्ने छन्  ।

कार्ड शुरुवात गर्दै  कम्पनीको अध्यक्ष नन्दकिशोर शर्माले कम्पनीले  सेवाग्राहीलाइ अतिरिक्त सुविधा प्रदान गर्ने कार्यको शुरुवात भइसकेको र आगामी दिनमा नयाँ–नयाँ योजनामार्फत बीमितलाई   सेवा दिने बताएका छन् ।

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीले कम्पनीप्रति जनमानसबाट प्राप्त विश्वास तथा सहयोगको कारणले बीमा क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल भएकाले ग्राहक सेवालाई   प्राथमिकतामा राखेको बताएका छन् ।

कम्पनीले बिमितलाई केन्द्रबिन्दु बनाएर आगामी दिनमा सिनेमा  हल, डिपार्टमेन्ट स्टोरलगायत अन्य बिबिध संघ संस्थामार्फत उक्त सेवा उपलब्ध गराउने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार