• होमपेज
  • मनोरञ्जन
  • ‘मेगा मोडल–२०१९’मा आयोजना हुँदै

‘मेगा मोडल–२०१९’मा आयोजना हुँदै

  • मङ्लबार, असार १७, २०७६
‘मेगा मोडल–२०१९’मा आयोजना हुँदै

विभिन्न सांगीतिक रियालिटी शाहरु भइरहेका बेला मोडलिङ र फेसनसम्बन्धी रियालिटी शो ‘मेगा मोेडल–२०१९’ हुने भएको छ । यो ‘मेगा मोडल’को सिजन–४ बारे आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

ग्ल्यामर, फेशन र मोडलिङ क्षेत्रको वृद्धिविकास र ग्ल्यामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले सन् २००८ देखि ईमेज च्यानलले प्रारम्भ गरेको ‘मेगा मोडल’को यस सिजनमा इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोलोजी ‘आईआईएफटी’ र आकामा होटल पनि जोडिएका छन् ।

धुम्बाराहीस्थित आकामा होटलमा मंगलबार पत्रकार सम्मेलन गरी त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा आकामा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठ, ‘आईआईएफटी’का तर्फबाट अध्यक्ष शर्मिष्ठा श्रेष्ठ र आयोजक ईमेज च्यानलको तर्फबाट कार्यकारी निर्देशक पुजा मानन्धरले हस्ताक्षर गरे ।

कार्यक्रममा होटलका मार्केटिङ एण्ड शेल्सका निर्देशक कौशल सिंह, आईआईएफटीका प्रमुख कार्यकारी अधिकृत नाजिर हुसैन, कार्यकारी निर्देशक राजु सुवाललगायतका व्यक्तित्वहरु रहेका थिए ।

ईमेज च्यानलबाट प्रसारण हुने रियालिटी शो ‘मेगा मोडल–२०१९’का लागि आईआईएफटीका तर्फबाट विभिन्न राउण्डका लागि ड्रेस डिजाइन गर्नेछ । जसमा आईआईएफटीकै विद्यार्थीको फेसन क्रियशन रहने उक्त संस्थाका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । बागबजार र ललितपुरको कुमारीपाटीमा रहेको ‘आईआईएफटी’ले विगत केही वर्षयता फेसन डिजाइनिङसम्बन्धी अध्यापन गराउँदै आएको छ ।

त्यस्तै, ‘मेगा मोडल’सँग जोडिन आएका आकामा होटल हालै सञ्चालनमा आएको चार तारे होटल हो । यस होटलले हस्पिटालिटी पार्टनरको भूमिका निर्वाह गर्नेछ । होटलका महाप्रबन्धक राजु श्रेष्ठले मोडलिङसम्बन्धी रियालिटी शोमा जोडिन पाएकामा खुसी व्यक्त गरे ।

चाँडै नै ‘मेगा मोडल–२०१९’का लागि अडिसन सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसन काठमाडौंका अलावा पोखरा, धरान, चितवनलगायतका मुख्य–मुख्य सहरमा हुने बताइएको छ ।
यसअघि मेगा मोडलको पहिलो संस्करण सन् २००८ मा स्वस्तिका राजभण्डारी, २०१० (सिजन–२)मा रश्मिता महर्जन र २०१५ मा (सिजन–३)मा अनुज्ञा चन्द विजेता बनेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि