अनिल केशरी शाह, नेपालीको बैंकिङ क्षेत्रमा चिनाईरहनुपर्ने नाम होइन । शाहको नामै काफी छ बैकिङ क्षेत्रमा । उनले करिब तीन दशकदेखि नेपालको बैकिङ क्षेत्रलाई अत्यन्तै नजिकबाट बुझेका छन् । नेपाल ग्रिन्डलेज बैंकबाट बैकिङ करियर सुरु गरेका शाह नबिल बैंकलाई ‘ब्रान्डिङ’ गर्ने तत्कालीन डिपुटी सीइओको रूपमा पनि प्रख्यात छन् । मेगा बैंकको संस्थापक सीइओ हुँदै केही समय अगाडि मात्र उनी फेरि पुरानै नबिल बैंक फर्किएका हुन् । ३३ वर्षे लामो बैंकि· अनुभव भएका शाह नबिल बैंकमा पुनः ८ वर्षपछि फर्किएका हुन् । पुरानो घर फर्कंदा उनीमाथी ठूलो चुनौती पनि थपिएको छ । यतिबेला उनी नबिल बैंकलाई सबै नोपालीको बैंक बनाउने योजनामा छन् । अहिलेका समय सुहाउँदो र अरू वाणिज्य बैंकभन्दा पृथक बैंक बनाउने योजनामा छन् अनिल केशरी शाह । अहिले अनिशल केशरी ३५ वर्ष पूरानो नेपालको नम्बर वान बैंक नबिल बैंकका सीइओ छन् । शाहसँग बजारमा देखिएको तरलता अभाव, आउँदै गरेको मौद्रिक नीति र पूँजी वृद्धिसँगै लगानीका चुनौतीमाथि केन्द्रित रहेर बरिष्ठ पत्रकार भूपेन्द्र आचार्यले गरेको लामो कुराकानीको केही अंश ः सम्पादक

० नाफामा नविल बैंकको लगातारको चमत्कारले बैंकि· क्षेत्रमा हलचल नै मच्चाएको छ नि कारण के हो ?
नबिल बैंकको ब्राण्ड नै काफी छ । हवाईजहाजमा पनि सबै कुरा ठिक भए पनि राम्रो पाइलटले हवाईजहाज चलाओस भन्ने हुन्छ । अर्को कुरा नबिल बैंक नेपालको पहिलो जोइन्ट भेन्चर बैंक हो । त्यसैले पनि जनताको अरु बैंक भन्दा नबिल बैंकमा विश्वास बढि छ माया बढि छ । हामीले ३५ बसन्त पूरा गरि सकेका छौं । हामीसंग टिम राम्रो छ । हाम्रो बैंकमा अरु बैंकहरुको भन्दा प्रडक्ट पनि राम्रा छन् । हामीले ग्राहकहरुलाई एकै परिवारको हैसियतमा राख्छौं । जसले गर्दा हाम्रो डिपोजिट, ग्राहकदेखि लिएर सबै विजनेश बढेको छ ।

० नविल बैंकले विभिन्न घातक रोगहरुका प्रडक्ट ल्याएसंगै अरु बैंकहरुले पनि ल्याएका छन् । यसमा के भन्नुहुन्छ ?
यो एउटा प्रडक्टमा मात्रै होइन । धेरै कुरामा बजारमा प्रतिनिधित्व गर्नु भनेको पैसा मात्र बढि बनाउने होइन । बजारमा नयाँ कुरा ल्याउने । नयाँ ठाउँमा विजनेश गर्ने । त्यो काम हामीले मात्र गर्नु पाऊँ भन्ने होइन । यसरी गर्नु पर्छ है भनेर देखाए पछि अरुले गर्नु पनि स्वभाविक नै हो नि । अरुले ल्यायो भन्दैमा आश्चर्य मान्नु हुँदैन । पर्दैन ।

० नाफा कमाउने होडबाजीका कारण अहिले २८ वाणिज्य बैंकहरुको सीसीडी रेसियो करिब ७५–८० पुगेको देखिन्छ । यसको दिर्घकालीन समाधान के हुन सक्दछ ?
मैले धेरै पटक भनि सके यसको समाधान सर्वप्रथम वित्तिय संस्थाबाटै आउनु पर्दछ । बैंकको जुन क्षमता हो त्यही आधारमा कर्जा बिस्तार गर्नुपर्दछ । अरु बैंकको रफ्तार हेरेर हुँदैन । पछिल्लो समय नेपालको वित्तिय संस्थाहरुले कन्ट्रोल त गरेको छ । तर यति मात्रले पुग्दैन । नेपाल सरकारको जुन ग्रोथ रेट छ । त्यस अनुसारको ग्रोथको लागि पैसा बढ्नु प¥यो । पैसा जसरी हुन्छ विदेशबाट आउनप¥यो । दोस्रो नेपाल सरकारले नै पैसा खर्च गर्नु प¥यो । सबै स्तरमा खर्च गर्नुप¥यो । बाटो, ढल, पुल लगायत विकास निर्माणका कार्यमा पैसा खर्च गर्नुप¥यो । अबको आर्थिक वर्षको पहिलो महिना देखि नै राम्रोसंग खर्च हुन्छ होला । भन्ने आशा छ ।
०वाणिज्य बैंकहरुनै गाउँघर, दैलो र स्थानिय तहमा पुगेको अवस्था छ तर पैसा अझै सहकारी र भकारी मै छ । बैंकमा नै बचत गर्ने वानीको विकास भएको देखिदैन कारण चाहि के हो ?
हाम्रो पहिलो उद्देश्य भनेको शाखा सञ्जाल विस्तार गर्नु नै थियो । अहिले नेपालमा जतिपनि वित्तिय संस्थाहरुका शाखा छन् । नेपालको इतिहासमा कहिल्यै थिएन होला । तर शाखा पु¥याएर मात्रै हुँदैन । अब हामीले बुझ्नु प¥यो कि त्यहाँका मानिसहरुले के चाहान्छन् त । हाम्रो कालिकोटमा शाखा छ । त्यहाँ बाटो नै छैन । अब त्यहाँ अटो लोन बेच्छु भने त हुँदैन । अब त्यहाँ गोलभेडा खेती होला । बाख्रापालन होला ।

नबिल बैंकको ब्राण्ड नै काफी छ । हवाईजहाजमा पनि सबै कुरा ठिक भए पनि राम्रो पाइलटले हवाईजहाज चलाओस भन्ने हुन्छ । अर्को कुरा नबिल बैंक नेपालको पहिलो जोइन्ट भेन्चर बैंक हो । त्यसैले पनि जनताको अरु बैंक भन्दा नबिल बैंकमा विश्वास बढि छ माया बढि छ ।

हामीले शाखा विस्तार पछि त्यहीका स्थानियलाई जागिर कसरी दिने भन्ने सोचेका छौं । काठमाडौं वा बेलायतबाट त्यहाँ मान्छे पठाउनु उही नै हुन्छ । जति बेलायतको मानिसले कालिकोट बुझेका छन् । त्यत्तिनै काठमाडौंका मानिसले कालिकोटलाई बुझेका छन् । त्यसैले हामीले त्यहीका स्थानियलाई जागिर दिन सक्यो भने त्यहाँको राम्रो नराम्रो सबै कुराको ज्ञान हुन्छ । त्यसले गर्दा विजनेश ग्रोथ गर्न सजिलो हुन्छ ।

० प्रस· बदलौंः बिग मर्जरको हल्ला बजारमा छ । नेपाल बैंकर संघले समेत आउने मौद्रिक नीतिमा बिग मर्जरमा जाने संकेत सहित आयकरमा छुटको व्यवस्था लगायत रेट रेसियो र प्रोटफोलियोमा सुविधा मागेको अवस्था छ नि यो सम्भव होला ?
नुनको सोझो गर्नु पर्छ । म जुन संस्थामा छु । त्यसको पक्षमा हुन्छु । म अर्को संस्थामा भएको भए बिग मर्जको पक्षमा हुन्थे होला । नबिल बंैक नेपालकै पहिलो जोइन्ट भेन्चर बैंक । नबिल बैंकको ब्राण्ड नै काफी छ । नबिल बैंकले बिग मर्ज गर्दैन । २, ३ अर्बबाट ८ अर्ब पूँजी पु¥याउदा पनि हामीले आइपिओ, एफपिओहरु कुनै गरेनौ हामी एउटै बैंक हो । हामीले मर्जर पनि गरेका छैनौ । प्रमोटरहरुसंग पनि पैसा मागेनौ न कुनै पनि संस्था लियौं । हामीले आफ्नै क्षमताले ८ अर्ब चुक्ता पूँजी पु¥यायौं । हामीलाई बिग मर्ज आवश्यक छैन ।


बिग मर्ज केका लागि उद्देश्य जान्न जरुरी छ । टाउँको दुख्यो भने त एउटा फेक्सोन खाए त टाउको दुख्न कम हुन्छ । फेरि भोलि दुख्यो भने फेरि फेक्सोन खाने त होइन नि । किन टाउँको दुख्यो भन्ने सोच्नु पर्छ । म बिग मर्जको पक्ष वा विपक्षमा होइन । म यत्ति जान्न चाहान्छु कि बिग मर्ज किन ?

० राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा तपाईको सुझाव चाहि के के छ ?
मौद्रिक नीति बजेट अनुसार हुनुपर्छ । मौद्रिक नीति वित्तिय क्षेत्रहरुको लागि मात्र हो भने बजेट सारा जनताको लागि हो । जस्तो विग मर्जरमा म के भन्छु भने लोट्री भन्दा पनि प्रोत्साहनमा जादा राम्रो होला । अर्को कुरा बजेटबाट ग्रोथ हुन्छ भने । अब आउने मौद्रिक नीतिबाट वित्तिय क्षेत्रमा स्थिरता आओस भन्ने मेरो आग्रह छ । मौद्रिक नीतिले वित्तिय अवस्था मजबुद बनाउन नीति ल्याउनु प¥यो ।

० अब ब्याजदरको कुरा गरौंः– बैंकहरुले बचतमा ६.५ र मुद्दतीमा ९.५ मा डिपोजिट लिने अनि १० देखि १५ प्रतिशतमा कर्जा दिने यो त ठगी जस्तै देखिन्छ । कर्जा ब्याजदर निर्धारण गर्ने कसले हो बजारले की अदृश्य शक्तिले सीइओ साब ?
यो म मान्दिन । डिपोजिटमा दिने ब्याज पनि घटेको छ र कर्जामा पनि ब्याजदर घटेको छ । डिपोजिटको ब्याजदर घटेपछि कर्जाको व्याजदर पनि घटेकै छ । ग्राहकहरुका आफ्ना बैंकले घटाएको छैन भने अन्य बैंकमा पनि जान सकिन्छ । ब्याजदर बजारले पनि निर्धारण गर्ने कुरा हो । बैंकमा डिपोजिट कम भएपछि कर्जा ब्याजदर पनि बढ्छ । पहिला बढि ब्याजमा लिएको फण्डहरु मेच्युर हुँदैजान्छ । त्यसपछि बैंकको खर्चहरुमा पनि कम हुँदैजान्छ । त्यसपछि ब्याजदरमा पनि सन्तुलनमा आउला ।

० पछिल्लो समय वाणिज्य बैंकहरुले ऋणपत्र विक्री गरिरहेको अवस्था छ । यसले बैंक बलियो हुने हो कि तरलता बलियो हुने हो ?
यसका लागि २ वटा कुरा छ । एउटा बढि विजनेश गर्न सहयोग गर्दछ । अर्को त्यसबाट आएको पैसाले बैंकको सिसिडी रेसियोलाई सहयोग गर्छ । यही दुई कारणले गर्दा बैंकहरुको ऋणपत्र आएको हो । नबिल बैंकले एउटा नबिल इन्भेष्टमेण्ट फण्ट र ऋणपत्र पनि ल्याएका छौं । ग्राहकहरुको ऋणपत्रमा अलि बढि आर्कषण रहेको छ ।

० पछिल्लो समय बीमा कम्पनीहरुको काम पनि बैंकहरुले गरेको देखिन्छ, बीमा कम्पनी र बैंक बीच बैंकाइन्स्योरेन्स बीमाको सम्झौता भएका छन् । कर्जा लिनेहरुलाई समेत परिवार सहित बीमा गराउन बाध्य बनाउने परम्परा वाणिज्य बैंकबाटै शुरु भएको देखिन्छ यो कस्तो बैंकि· हो ?
मेरो विचारमा कुनै पनि बैंकले ग्राहकहरुलाई दबाबमा केही पनि बिक्री गर्नु हुँदैन । तर बीमा नेपालको बैंकले मात्र होइन । विश्वका सबै बैंकहरुले बिक्री गर्छन् । बैंक्हरुले बेच्ने भनेको कस्तो भने बैकहरुको क्रेडिट कार्ड, डेविट कार्ड, ट्राभल कार्ड जस्ता धेरै प्रडक्टहरु छन् । हामीहरु ग्राहकहरुलाई खाता खोल्दा यि सेवाहरु लिनै पर्छ भन्दैनौं । तर हामीसंग यस्तो यस्तो प्रडक्टहरु छन् है भनेर चै भन्छौं । अहिले हामीहरुले हाम्रो बैंकमा विदेशीहरुले डलर साट्न आउँदा ट्राभल इन्स्योरेन्स लिनु भएको छ ? लिनु नभएको भए लिनुहुन्छ ? भनेर चाहिँ सोध्छौं तर लिनै पर्छ भनेर चाँहि भन्दैनौ ।

इन्स्योरेन्स नगरे डलर साट्दैनौ पनि भन्दैनौ । तपाईंले भनेको जस्तो दबाबमा चाँहि कुनै पनि कुरा बिक्री गर्नुहुँदैन र पाइदैन । तर हामीहरुको बैंकमा अटो लोन दिँदा चाँही इन्योरेन्स अनिवार्य हुन्छ । हामीहरुले हामीसंग भएका ३ वटा इन्स्योरेन्स कम्पनी छन् । यी ३ वटाबाट लिँदा हुन्छ भन्दा ग्राहकहरुले भन्नुसक्नु प¥यो कि मेरो पहिलाको इन्स्योरेन्स कम्पनीबाट लिन्छु अथवा मेरो पहिलाको इन्स्योरेन्स छ भनी । यसमा बैंकले दबाब दिई यहीबाट लिनुपर्छ भनेर भन्न मिल्दैन । कर्जा लिँदा बीमा चाँही अनिवार्य छ । बीमा समितिले अनुमति दिएका जुनसुकै बीमा कम्पनीहरुबाट गर्दा कुनै समस्या हुँदैन ।

० तपाईले भनेको सहि हो । तर, कर्जा लिन गएका ग्राहकहरुलाई बैंकहरुले परिवारका सदस्यहरुलाई पनि बीमा गराउन दबाब दिइरहेको अवस्था पनि त छ नि ! यसलाई चाहि कसरी लिनुहुन्छ ?
मैले अगाडि नै भनिसके दबाबमा कुनै पनि कुरा बिक्री गर्नुहुँदैन । बैंकहरुले डिपोजिटको लोभमा ग्राहकलाई, बीमा कम्पनीले बीमा पोलिसी नबेचे डिपोजिट नदिने भन्ने दबाब दिनु भएन । अथवा बीमा कम्पनीले बैंकहरुलाई बीमा पोलिसी नदिए डिपोजिट दिन्न भनेर दबाब दिनु हुँदैन । व्यापारिक कुरा एक ठाउँमा हुन्छ । तर, दबाब दिनु हुँदैन । बैंकहरुले बीमा बेच्नु राम्रो हो । हाम्रो देशमा बीमा एकदमै कम छ । यसलाई बैंकहरुले सहयोग गर्नु राम्रो कुरा पनि हो । तर बैंकहरुले कर्जा दिने भनी परिवारका सबै सदस्यको बीमामा दबाब दिनु उचित होइन । यो ग्राहकको इच्छामा राख्नुपर्दछ । यदि त्यस्तो कुनै बैंकले ग¥यो भने तुरुन्तै अर्को बैंकमा जानुस् । अधिकाशं बैंकहरुले यस्तो गर्दैनन् नि ।

० २८ वाणिज्य बैंकहरुमा ठूला संस्था जस्तै नेपाली सेना, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम लगायत ठूला बीमा कम्पनीका ठूला डिपोजिट ल्याउँदा विदेश सयर देखि रात्री भोज र गिफ्ट दिने चलन शुरु भएको देखिन्छ । यो गर्न पाइन्छ र ?
यो कुरा कुन बैंकले ग¥यो गरेन भन्न सक्दिन । मेरो विचार चाँहि यो ठिक होइन । किनभने घुस भनेको पैसा मात्र होइन अरु पनि हो । अब मैले यही कुनै राजदुताबासमा हुक्सीको बोटल दिए भने उनीहरुले लिन सक्दैन । रात्री भोज, विदेश सयर र अरु केही दिएर डिपोजिट ल्याउनु गलत हो । यसमा राष्ट्र बैंक चनाखो हुनु जरुरी छ । यो अस्वस्थ प्रतिस्पर्धाको प्रतिफल हो । यस सम्बन्धमा सम्बन्धित निकायले केही गर्ला । तर यो शुरु भईसकेपछि यसको अन्त्य कहि पनि छैन नि । यो बुझ्न जरुरी भैसकेको छ ।

० फेरि नबिल बैंक तर्फ नै आउँः– उपत्यका भित्र तपाईको नबिल बैंकको शाखा सञ्जाल केही नयाँ बैंक भन्दा कम देखिन्छ नि कारण के हो ?
हाम्रो काठमाडौं उपत्यकामा मात्रै होइन पुरै देशमा नै कम भएको महसुस भइरहेको छ र यसलाई ठीक गर्नमा हामी लागि परेका छौं । उपत्यकामा यही आर्थिक वर्षमा ५ वटा शाखा खोलेका छौं । आउने आर्थिक वर्षमा हामी उपत्यका भित्र लगायत देशका अन्य स्थानमा शाखा, एटिएमहरु राख्नका लागि युद्धस्तरमा लागिरहेका छौं ।

० अन्य बैंकको तुलनामा देशव्यापीरुपमा नबिल बैंकका शाखा सञ्जाल कम भएको हैन र ?
हामीले यसको महसुस गरेका छौं । तपाईले भनेका कुरा सही छ । कुनै पनि मानिसले कुनै वित्तिय संस्थामा कारोबार गर्दा ४ घण्टा बस चढेर आउन चाहादैन । त्यो बेफाइदा ग्राहकहरुलाई भन्दा पनि बैंकलाई हुन्छ । ग्राहकहरुले कारोबार गर्न चाहदा चाहदै पनि कारोबार गर्न नपाउनु हाम्रो कमजोरी हुन्छ । त्यही कुरालाई मध्येनजर गर्दै अब आउने आर्थिक वर्षमा हामी शाखा सञ्जाललाई युद्धस्तरमा विस्तार गर्दछौं ।

० पछिल्लो अवस्थामा नबिल बैंकको प्रतिस्पर्धी बैंक कसलाई मान्नु हुन्छ ?
मैले नबिल बैंकको प्रतिस्पर्धी २७ वटै बैंक वाणिज्य लाई देखेको छु । किनभने तपाईहरु भन्नुहुन्छ ठुलो सानो बैंक भनेर । जुन बैंक मेरो टिमले ८, ९ वर्ष अगाडी स्थापना गरेको बैंकमा आज नबिल बैंक भन्दा पनि बढि शाखा सञ्जाल र पुँजी छ । केही बैंकमा डिपोजिट बढि होला । कर्जा प्रवाह बढि होला । अब केमा कम भन्ने । हामी जे विजनेश गर्दछौं । त्यसलाई राम्ररी चलाउछौं । त्यही कारणले हो हाम्रो शाखा सञ्जाल कमी भएको । तर हामी अब नाफामा मात्रै होइन । शाखा सञ्जाल देखि लिएर सबै कुरामा नंम्बर वान हुन चाहान्छौं । हामीमा एउटा कुराको डर छैन । को को मर्ज होला हामी भन्दा ठूला होला वा साना होलान भन्ने डर छैन । हामी हाम्रो लक्ष्यमा लम्किरहनु पर्छ ।

नबिल बैंकको ब्राण्ड नै काफी छ । नबिल बैंकले बिग मर्ज गर्दैन । २, ३ अर्बबाट ८ अर्ब पूँजी पु¥याउदा पनि हामीले आइपिओ, एफपिओहरु कुनै गरेनौ हामी एउटै बैंक हो । हामीले मर्जर पनि गरेका छैनौ । प्रमोटरहरुसंग पनि पैसा मागेनौ न कुनै पनि संस्था लियौं । हामीले आफ्नै क्षमताले ८ अर्ब चुक्ता पूँजी पु¥यायौं । हामीलाई बिग मर्ज आवश्यक छैन ।

चर्चेनले भनेका छन् । कुकुरहरु भुक्दै गर्दछन् म चाहि आफ्नो बाटोमा लम्किरहन्छु । हामीले पनि अरुले के ग¥यो भनेर लाग्नु हुदैन । त्यो ग¥यो भने नबिल बैंकको विशेषता नै हराउँदै जान्छ । मलाई लाग्छ आउदो दिनहरुमा नबिल बैंकको जुन भिजन छ । त्यो प्राप्त गर्दै जाँदा नबिल बैंक सबै कुरामा नम्बर वान बन्दै जानेछ । यो विश्वास यो विल्डिङ, यो कम्प्युटरले होइन यो नबिल बैंकको टिमले गर्दा भएको हो । जस्तो मलाई लागेको छ ।

० सरकारले ल्याएको एक नेपाली एक बैंक खातालाई तपाईले कसरी लिनु भएको छ ?
यो एकदमै राम्रो हो । हामीले पनि प्रडक्ट लन्च गरेका छौं । धेरैजसो दुर्गम तथा वाहिरी जिल्लाहरुको शाखाहरुले मार्केटिङ गरिरहेका छन् । तर यो अभियान मात्रैले हुँदैन । जनतालाई खाता खोलेर फाइदा के भन्ने पनि हुनुप¥यो । सरकारबाट हुने जुनसुकै पेन्सन, बृद्धाभक्ता भुक्तानी लगायत सबैखाले भुक्तानीलाई बैंकबाटै भुक्तानी गर्नुप¥यो ।

बैंक खाता नभए भुक्तानी नहुने सिस्टम हुनुप¥यो । अनिमात्र जनतालाई अनुभुति हुन्छ किन । बैंक खाता अनिवार्य रहेछ भनेर । घर जग्गाको कर, गाडी मोटरसाइकल लगायतका अन्य सबै खाले करहरु सबै भुक्तानीमा चेकको प्रयोग हुनुप¥यो । नीति मात्र बनाएर भएन त्यसको कान्र्यान्वयन तिर पनि ध्यान दिनु पर्छ । परिवर्तनको शुरुवात सोचबाट हुन्छ । उहाँको सोच राम्रो छ । सबै नेपालीको खाता हुनुपर्छ भने । अब त्यसलाई कार्यान्वयन गर्न सरकारले मात्रै सक्दैन, वित्तिय क्षेत्र मात्रैले पनि सक्दैन जहाँ जहाँँ वित्तिय संस्था पुगेको छ । त्यहाँ त सरकार पनि पुगेको छैन । हामी के भन्छौ भने सरकार पनि हामीहरुको पछि पछि आईदिनु प¥यो । यसरी सबैसंग साझेदारी गरी अघि बढ्यो भने सरकारले भने जस्तो खुशी नेपाली समृद्ध नेपाल बन्न सक्छ ।

० पछिल्लो समय नबिल बैंकमा कर्मचारी आन्दोलनको कालो ब्यानर देखिदैन । यो अनिल शाहको कमाल हो कि के हो ?
यो कमाल होइन चमत्कार पनि होइन । काम गर्ने शैली हो जस्तो लाग्छ मलाई । म यहाँ आउनु भन्दा पहिला पनि यहाको टिम मेम्बर, युनियनसंग पनि कुरा गरे । नेपालमा ठुलो संस्था चलाउन हाम्रो चियनम्यान र बोर्ड, सीइओ र म्यानजमेन्ट र त्यहाँको कर्मचारी । साथै उहाँहरुको एउटै धारणा, एउटै लक्ष्य हुनुपर्छ । अनि राम्ररी अगाडी जानसक्छ । आज नबिल बैंकमा त्यही छ ।

चियरम्यान शम्भुप्रसाद पौडेल, म, मेरो म्यानेजमेन्ट टिम र कर्मचारी युनियन हामी सबैको लक्ष्य एउटै छ ।
आज नबिल बैंक जुन गतिमा गइरहेको छ । त्यो अनिल शाहले मात्र गरेर भएको होइन । हाम्रो हातको पाँच ओटा औला अलग अलग भयो भने भाँच्न सकिन्छ । तर एउटा मुठ्ठि भयो भने भाँच्न सकिदैन । हाम्रो ३५ वर्षको अनुभव पनि यहि हो । हामी हाम्रो बोर्ड मेम्बर, म्यानेजमेन्ट टिम, कर्मचारी युनियन सबै एक ढिक्का भएर अघि बढिरहेका छौं । आर्थिक बजार मासिक

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्