• होमपेज
  • फिचर
  • विकास बैंकका एक दर्जन माग

विकास बैंकका एक दर्जन माग

  • शुक्रबार, असार ६, २०७६
विकास बैंकका एक दर्जन माग

नेपालकै राष्ट्रिय स्तरका ३१ विकास बैंकहरुले आउँदै गरेको मौद्रिक नीतिमा १ दर्जन आफ्ना माग पेश गरेका छन् । विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोशियसनले बिग मर्जमा जाने भए विकास बैंकहरुलाई पनि विभिन्न सहुलियत हुनु पर्ने माग अगाडी सारेका छन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले मर्जरका लागि सहुलियतको माग गर्दै अन्य ११ बुँदे सुझाब राष्ट्र बैंक पठाएको छ । मागमा संघले बिग मर्जरको बिषय उठान गर्नुका साथै ब्याजदर अन्तर (स्प्रेड दर) देखि शाखा बिस्तारसम्म सहुलियत माग गरेका हुन् । यसका साथै संघले मर्जर र एक्विजिनलाई प्रोत्साहन दिने हो भने ब्याजदर अन्तर, डिएसएलमा सहुलियत, क्षेत्रीय स्तरका विकास बैकहरुको स्प्रेड दरमा पुर्न्विचार लगायतका अन्य सुविधा थप गर्नु पर्ने बताएका छन् ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार