• होमपेज
  • समाचार
  • नयाँ नीतिमा विदेशबाट फर्किदा यी सामान ल्याउन पाइने

नयाँ नीतिमा विदेशबाट फर्किदा यी सामान ल्याउन पाइने

  • बिहिबार, असार ५, २०७६
नयाँ नीतिमा विदेशबाट फर्किदा यी सामान ल्याउन पाइने

सरकारले व्यक्तिगत प्रयोजनको लागि विदेश आयात हुने वस्तुमा  नयाँ नीति ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी निकासी पैठारीमा नयाँ आदेश जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको आदेशअनुसार विदेशी नागरिकले पैठारी गरेको वा विदेशमा कार्यरत रहेको नेपाली नागरिकले निजले आर्जन गरेको परिवत्र्य विदेशी मुद्राको ४० प्रतिशतसम्मको पैठारीमा पाँचसय अमेरिकी डलरभन्दा बढी मूल्यमा पाँचहजार रुपैयाँ पैठारी इजाजत दस्तुर लाग्ने भएको छ ।यस्तो प्रयोजनको लागि वर्षमा एकपटक मात्र पैठारी गर्न सकिने भएको छ ।

त्यस्तै व्यक्तिगत प्रयोजनको निम्ति  मन्त्रालयले पाँचसय अमेरिकी डलरसम्मको मोटर वा मोटरसाइकलको पार्टस्,  क्यामेरा (मुभी, डिजिटल तथा भिडियो क्यामेरासमेत) एक थान, प्रोजेक्टर एक थान, सिलाई बुनाई मेसिन एक थान, भिडियो डेक, डीभीडी प्लेयर, म्युजिक सिस्टम तथा अन्य मनोरन्जनात्मक श्रव्यदृश्य सामग्री र त्यसको एसेसोरिज एक–एक थान ल्याउन पाइनेछ ।
यसैगरी कम्प्यूटर (प्रिन्टर, मनिटर, किवोर्ड तथा ल्यापटप समेत) एक–एक थान, साइकल एक थान, वाइनाकुलर एक थान, म्युजिकल सामग्री एक थान, फिसिङ रड एक थान, लाइफ ज्याकेट एक थान, सेफ्टी क्याप एक थान, रवर वोट एक थान, फ्याक्स मेसिन, टेलिफोन, मोबाइल सेट एक–एक थान ल्याउन पाइने छ ।

अमेरिकी डलर पाँच सयसम्मका घरायसी प्रयोजनका सामग्री, अमेरिकी डलर पाँचसयसम्मका पुस्तक तथा इलेक्ट्रोनिक पाठ्य सामग्रीका साथै  अतिरिक्त झिटीगुन्टा भारी आदेशमा उल्लिखित वस्तु पैठारी गर्न पाइनेछ ।

झिटीगुन्टा भारी आदेशमा उल्लिखित वस्तुको हकमा इजाजत पत्र आवश्यकपर्ने छैन । माथि जुनसुकै कुरा लेखिएको भएतापनि कसैले व्यक्तिगत प्रयोजनको निमित्त सोही प्रकरणको खण्ड (क) बमोजिम विदेशमा कार्यरत नेपाली नागरिकले आर्जन गरेको परिवत्र्य विदेशी मुद्राको ४० प्रतिशतभन्दा बढी मूल्यको वस्तु पैठारी गर्दा वा सोही प्रकरणको खण्ड (ख) मा उल्लेख भएभन्दा बढी वस्तु पैठारी गर्दा त्यसरी बढी पैठारी गर्न लागिएको वस्तुको मूल्यको ५० प्रतिशत इजाजत दस्तुर लाग्नेछ ।

त्यस्तै व्यक्तिगत प्रयोजनका निमित्त वस्तु पैठारी गर्ने व्यक्तिले निज विदेशबाट फर्केको छ महिनाभित्र निवेदन दिई इजाजतपत्र लिइसक्नु पर्नेछ ।
मन्त्रालयबाट निकासी पैठारी सम्बन्धमा जारी भएका सूचनामा अन्यथा उल्लेख भएकोमा बाहेक इजाजतपत्र, प्रतितपत्र वा स्वीकृत बैंकिङ प्रणाली अनुसार परिवत्र्य विदेशी मुद्रा भुक्तानीको आधारमा पैठारी हुनुपर्नेमा बिना इजाजतपत्र वा प्रतितपत्र वेगर वा परिवत्र्य विदेशी मुद्रा भुक्तानी वेगर पैठारी भएका वस्तुको लागि सो वस्तुको मूल्यको ५० प्रतिशत इजाजत दस्तुर लाग्नेछ ।
पैठारी इजाजतपत्रमा उल्लिखित कुनै व्यहोरा संशोधन गर्दा एक हजार रुपैयाँ दस्तुर लाग्नेछ।
निकासी वा पैठारीका लागि बन्देज गरिएदेखि बाहेक अन्य कुनै पनि वस्तु भन्सार प्रक्रिया पूरा गरी निकासी वा पैठारी गर्न पाइनेछ । कुनै निकाय वा पदाधिकारीको निर्णय वा आदेशबाट यो सूचनाको प्रतिकूल हुने गरी कुनै वस्तुको निकासी वा पैठारीमा पूर्ण वा आंशिक रूपमा बन्देज लगाउन पाइने छैन ।

Facebook Comments

सम्बन्धित समाचार