• होमपेज
  • समाचार
  • भ्याट सम्बन्धि नयाँ नीति : के के भए परिवर्तन ?

भ्याट सम्बन्धि नयाँ नीति : के के भए परिवर्तन ?

  • सोमवार, जेष्ठ २०, २०७६
भ्याट सम्बन्धि नयाँ नीति : के के भए परिवर्तन ?

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीमा संशोधन गरेको छ । नियमावलीमा सरकारले २१औँ पटक संशोधन गरेको हो । संशोधनमार्फत निम्न व्यवस्थामा परिमार्जन गरिएको छ :

एक सय रुपैयाँको सामान खरिद गर्दा क्रेताले भ्याटको रुपमा बुझाएको १३ रुपैयाँ भ्याट बिक्रेताले समायोजनका लागि दाबी गर्न सक्ने प्रावधान रहेकोमा अब भ्याटमा दर्ता भएको व्यक्ति वा संस्थाले सामान खरिद गर्दा ५० प्रतिशत भ्याट बिक्रेतालाई र ५० प्रतिशत भ्याट सोझौ आन्तरिक राजश्व कार्यालयमा दर्ता गर्नुपर्ने भएको छ । तर, भ्याटमा दर्ता नभएका व्यक्ति वा संस्थाले सामान खरिद गर्दा भने पूरै रकम बिक्रेतालाई बुझाउनुपर्नेछ ।

विगतमा सवारीका लागि पेट्रोल खरिदमा तिरेको भ्याट दाबी गर्न नपाइने व्यवस्था रहेकोमा संशोधनले सबै किसिमका पेट्रोलिय पदार्थ (पेट्रोल, डिजेल र एलपी ग्यास) मा तिरेको भ्याट दाबी गर्न नपाइने व्यवस्था गरेको छ ।

सरकारी निकाय, सार्वजनिक संघ संस्था वा मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले वार्षिक एक लाखभन्दा बढीको परामर्श सेवा खरिद गर्दा भ्याटमा दर्ता भएकै व्यक्तिसँग खरिद गर्नुपर्ने व्यवस्था रहेकोमा अब रकमको सीमा बढाएर पाँच लाख रुपैयाँ पुर्याइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि