• होमपेज
  • अन्तरवार्ता
  • पार्टी एकता लेनिन दिवसमा टुंगिन्छ

पार्टी एकता लेनिन दिवसमा टुंगिन्छ

  • शुक्रबार, बैशाख १३, २०७६
पार्टी एकता लेनिन दिवसमा टुंगिन्छ

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले पार्टी एकता पूर्ण रुपमा भइसकेको छैन । जिल्लादेखि तलका इकाईहरुमा तत्कालिन एमाले र माओवादी केन्द्रबीच विवाद मिल्न सकेको छैन । अर्कोतर्फ दुई तिहाईको सरकार भएपति जनअपेक्षा पुरा गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । विकास र समृद्धि सरकारको नारामै सिमित भएको छ । पार्टीको राजनीतिक कार्यदिशा पनि स्पष्ट रुपमा अगाडि आएको छैन । अन्य दलहरुले धर्मनिरपेक्षता लगायतका विषयमा लगातार आवाज उठाइरहेका छन् । यहि विषयमा हामीले नेकपाका राष्ट्रिय सभाका संसदीय दलको नेता पूर्व मन्त्री दिनानाथ शर्मासंग कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सारसंक्षेप ः–

० दुई तिहाईको सरकार चलाईरहेको पार्टीको राष्ट्रिसभा दलको नेताका हैसियतमा सरकार निर्माणका वेला घोषणा गरिएको विकास र समृद्धिको नारा कहाँ पुग्यो भनिदिनुस न ?
पार्टीले जनमत पाँच बर्षक लागि पाएर सरकार गठन भएको हो । पाच् बर्षे यात्राका लागि पहिला कार्ययोजना बनाउनु पर्छ । सरकार गठन भएको केहि समय अगाडि मात्रै एक बर्ष पुग्यो । मुलुकमा कसरी समृद्धि हाँसिल गर्न सकिन्छ भन्ने विषयमा सरकारले कार्ययोजना बनाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै राम्रो काम गर्छ । सरकारको पहिलो वर्ष आधार वर्ष भयो । ऐन, कानूनहरु ल्याउनु पर्ने थियो । ती सबै ल्याएको छ । अब अर्को वर्षदेखि काम देखिन्छ । आगामी वर्षमा यो सरकारले परीणाम दिन्छ । जनताको आशा निराशामा परिणत हुँदैन ।

० सरकार र पार्टीको राजनीतिक कार्यदिशा के हुने भन्ने नै एक बर्षमा तय नभएको नेताहरुले बताउँनुहुन्छ, कसरी एक बर्षमा परिणाम देखिएला ?
मुलुकको अबको गन्तब्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनु पर्छ भन्ने मेरो पनि धारणा हो । अबको राजनीतिक कार्यदिशाबारे गम्भिर बहस चलाउनुपर्ने आवश्यकत्ता छ । पार्टी र सरकारले चलाईसक्नु पथ्यो, चलाउन सकेन । अव चलाउनु पर्छ । पार्टीले कार्ययोजना पनि बनाइरहेको छ । अहिलेसम्म हामीले सहमति र एकताकै आधारमा मुलुकलाई यहाँसम्म ल्याएका हौं । हामीले संविधान पनि सहमतिमै ल्यायौं । संविधान हाम्रो साझा दस्तावेज हो । हामी सबैको कार्यदिशा त्यही हो । अब सबै दलको मुख्य एजेण्डा भनेको नै राष्ट्र निर्माण गर्नु र समृद्ध मुलुक बनाउनु हो, त्यो स्पष्ट छ । त्यसका लागि सरकारमा भएकाले नेकपा लागिरहेको छ ।

० तर, शर्मा ज्यू, संविधानमा उल्लेख भएको धर्म निरपेक्षताका विषयमा त जनमत संग्रह गर्नु पर्ने आवाज वुलन्द रुपमा उठन थालेको छ त ? कसरी सहमति र सहकार्यमा मुलुक अगाडि बढेको भयो ?
अव कुनै धर्म विषेशलाई बोकेर हिँड्न हुँदैन । धर्म बोकेर हिँड्दा राम्रो हुँदैन् । अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला । तर, भोलि सरकारमा हुँदा मिलाउन गाह«ो हुन्छ । हामीले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण गरेनौ । धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन् । यसबारेमा विचार पु¥याउनुपर्छ ।

० तर, तपाईहरुले नै होइन, धर्म निरपेक्षताको माग संविधानसभामा वुलन्दरुपमा उठाएको ?
धर्मनिरपेक्षता हाम्रो माग होइन, त्यो बेकारको हौवा मात्रै हो । त्यतिवेला पनि धर्म निरपेक्षता बनाउने हाम्रो माग थिएन् । १२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनुपुर्व नै धर्म निरपेक्षता बनाईयो । जुनवेला सरकारमा कांग्रेस र तत्कालिन् नेकपा एमाले नै थियो । त्यतिवेला त्यो एजेण्डा नै थिएन् । को बाट आयो ? कहाँबाट आयो ? हामीलाई थाहा थिएन् । तर, हामीले विरोध गरेनौं । हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं ।

० तपाईहरुको अवको एजेण्डा के हो त ?
अबको एजेण्डा राजनीतिक आन्दोलन नभई मुलुक समृद्ध बनाउनको लागि युद्धस्तरमा काम गर्नु पर्ने भन्ने हो । सरकारलाई पनि पार्टीले त्यही अनुरुप रणनीति बनाउन निर्देशन दिएको छ । हामी एक आपसमा नमिलिकन सुखै छैन् । एक्लै विकास र समृद्धि हाँसिल गर्न सम्भव छैन् । लोकतन्त्रको सुन्दर पक्ष भनेको नै भीन्न मतलाई सम्मान गर्ने भएकोले सरकारले प्रतिपक्षलाई निषेध गर्दैन । जसले निषेधको राजनीतिक गर्छ, त्यो पार्टी टिक्दैन् ।’

० केन्द्रमा पार्टी एकिकरण भएको एक बर्ष वितिसक्यो । तर, जिल्ला र त्यस तलका इकाईमा मिल्न सकेको छैन, कारण के हो ?
पार्टी एकता विलम्ब भएको छ । हुनै नहुने कुरा भयो । तल्लो तहसम्म एकता नहुँदा ठूलो नोक्शानी भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले पार्टी एकताको लागि विलम्ब भएको स्विकार गरिसक्नु भएको छ । आगामी बैशाख ९ गते लेनिन दिवस परेकोले त्यही दिन एकता टुँगो लाग्ने गरी छलफल अगाडि बढिरहेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटिरहनु भएको छ । उहाँहरुबीचको छलफल सरकारात्मक मोडमा अगाडि बढिरहेको मैले जानकारी पाएको छु ।

० तर, नेताहरुबीच भागवण्डामा कुरा नमिलेकाले तत्काल पार्टी एकता टु·िने सम्भावना न्युन रहेको बाहिर आइरहेको छ नि ?
लगभग समान हैसियत भएका पार्टीबीच एकिकरण भएको हो । तसर्थ केन्द्रदेखि बुथ समितिसम्म मिलाउनका लागि गम्भिर गृहकार्य गर्न आवस्यक पर्छ । पार्टीमा सिनियारिटी, पार्टी प्रतिको लगाव, योगदान लगायतलाई आधार बनाएर मिलाउने प्रयासमा नेताहरु लागिरहनु भएको छ । कतै दुई पार्टीकै समान हैसियत, राजनीतिक आवद्धतालगायत पनि छन्, ति पनि मिलाउन पर्ने छ । पार्टीगत भागवण्डा त मिलिसकेको छ । मिल्नुअघिका दुई पार्टीभित्रपनि कसलाई के दिने भन्ने पनि मिल्न सकेको छैन । आशा छ, अझै एक हप्ताको समय छ, लेनिन दिवस आउन । त्यो समयसम्म पार्टी एकता टुंगिन्छ । र, अवसर पारेर घोषणा हुन्छ, ढुक्क हुनुहुन्छ ।

० पार्टीभित्र प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मनोमानी ढंगले काम गरिरहेको पनि नेताहरुले आवाज उठाइरहनु भएको छ ? खास कारण के हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गरेर अगाडि बढेको भन्ने पुर्व एमालेका केहि साथीहरुको आवाज रहेको चर्चामा आएको छ । उहाँले एकलौटी र मनोमानी रुपमा नै अगाडि बढेजस्तो त मलाई लाग्दैन । दुई अध्यक्षबीचको आपशी समन्वय र सहकार्यबाटै अगाडि बढेजस्तो लाग्छ । केहि विषयमा त पार्टीभित्र असन्तुष्टि हुन्छन नै ।

असन्तुष्टि नहुने त कुनै पार्टी नै हुँदैन । मुलुकको स्वाभिमान, स्वाधिनता र राष्ट्रियतालाई सुदृढ बनाउन उहाँ लागिरहनु भएको छ । मुलुकको राष्ट्रियता बलियो बनाउन, मित्रराष्टसंगको सम्वन्ध सुदृढ बनाउने काममा उहाँ लागिरहुन भएको छ । मुलुकमा दुई तिहाई बहुमतको सरकार भएकाले जनता ढुक्क भएर समृद्धिको बाटोमा मुलुक अगाडि बढन् आशमा छन्, त्यो आशालाई व्यवहारिकतामा परिणत गर्ने कार्यमा प्रधानमन्त्री ओली र मन्त्रीहरु लगिरहुन भएको छ ।

० तर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले त बैठक बहिस्कार गर्ने अवस्था त आएकै हो नि होइन र ?
केहि सन्दर्भमा, कुनै काममा नेताहरुले असन्तुष्टि जनाउनु स्वभाविक हो । त्यो असन्तुष्टि निरन्तर रुपमा अगाडि त बढेको छैन नि । उहाँहरुको असन्तुष्टिलाई मिलाएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अगाडि बढिसक्नु भएको छ । बैठक बहिस्कार गरेपछि फेरीका बैठकमा उहाँहरु सहभागि भइसक्नु भएको छ । कुरा मिलेर धेरै निर्णय भइसके । बहिस्कारको विषय पुरानो भइसक्यो । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि