‘खोलौं बैंक खाता’ अभियान २०७६ अन्तर्गत एनएमबि बैंकले ‘एक घर एक खाता’ अभियानलाई अझ परिस्कृत गर्दैसबैका लागि बचत, सधैंका लागि साहरा भन्ने नारासहित ‘एनएमबि सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

यस बैंकमा खोलिने प्रत्येक सबैको साहरा बचत खातामा बैंकको तर्फबाट सय रुपैयाँ जम्मा गरिनेछ । यस खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण गरिनेछ । जसअन्तर्गत खातावालाको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा वा क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्कघात, ह्दयघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भीर रोगमध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाला या नजिकको हकवालालाई १० लाख रुपैयाँसम्मको बीमा रकम उपलब्ध गराइने बंैकले जनाएको छ ।

त्यस्तै ६ दशमलव ५ प्रतिशत ब्याज दिनेसमेत बैंकले जनाएको छ । उक्त खातामा निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ तथा डिलाइट एटीएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटीएमबाट निःशुल्क रकम झिक्न सकिने जस्ता सुविधा रहेका छन् ।

सन् २०१७ र २०१८ मा बैंक अफ दि इयर अवार्ड प्राप्त एनएमबि बैंक ग्लोबल अलायस अफ बैंकिङ अन भ्यालुजको नेपालमा एकमात्रै सदस्य बैंक हो हाल ११० शाखा, ४ एक्स्टेन्सन काउन्टर, ९९ एटीएम तथा अन्य वैकल्पिक बैंकिङ सुविधाका माध्यमबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

1554634507Nic-Asia-Chamatkarik-1252x141.gif
SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्