उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान पु¥याउदै आईरहेकोमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्ध सँग जोडौ नाता ः सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “खोलौ बैंक खाता अभियान २०७६” अभियानमा एकाकार गर्दै बैंकले “ समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालन गरेको छ । २०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई बैंकले रु.१०० नगद खातामा जम्मा गरिदिने बैंकले दाबी गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १५ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

1554634507Nic-Asia-Chamatkarik-1252x141.gif
SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्