• होमपेज
  • बीमा
  • सानिमा लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सानिमा लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

  • शुक्रबार, मंसिर ६, २०७६
सानिमा लाईफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ . उक्त सभाले अध्यक्ष कुमार प्रसाद कोइरालाले पेश गरेको वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/०७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभाले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब रहेको कम्पनी सानिमा बैँक लगायत प्रतिष्ठित गैर आवासीय नेपालीहरुद्वारा प्रवर्धित संस्था हो । सानिमा लाइफ इन्स्योरेन्सले २०७४ मंसिर २२ गतेदेखि विधिवत् रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै हाल ६४ वटा शाखा-उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ । बीमा बजारमा विभिन्न र नवीनतम बीमा योजनाहरु पेश गरिरहेको यस कम्पनीले हालै मात्र सिमित अवधि भुक्तानी गर्न मिल्ने सावधिक तथा आजीवन जीवन बीमा “सानिमा धन संचय जीवन बीमा योजना” तथा वित्तीय संस्थाका ऋणीहरुलाई लक्षित गरी “सानिमा कर्जा म्यादी बीमा योजना” पनि  जनसमक्ष प्रस्तुत गरेको छ .

कम्पनीका संचालकहरुमा घनश्याम थापा, डा. सुवर्ण दास श्रेष्ठ, बद्रि विशाल घिमिरे तथा स्वतन्त्र संचालक भरत बहादुर थापा छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि