सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०३ वटै शाखाहरmबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरm बिव्रmी गर्न सक्ने छ ।

सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. का प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास बिच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

1554634507Nic-Asia-Chamatkarik-1252x141.gif
SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्