• होमपेज
  • समाचार
  • नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र एनबीआइबीच सम्झौता

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र एनबीआइबीच सम्झौता

  • बुधबार, चैत्र १३, २०७५
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र एनबीआइबीच सम्झौता

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेशनल बैंकिङ इस्टिच्यूट (एनबीआइ) बीचमा मंगलबार सम्झौता भएको छ । आर्थिक पत्रकारलाई बैंकिङ क्षेत्रसँग सम्बन्धीत विषयमा एनबीआइले तालिम दिने सम्बन्धी सम्झौतामा मंगलबार नाफिजका बरिष्ठ उपाध्यक्ष इन्द्र बानिया र एनबीआइका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका थिए ।

एक वर्षसम्म एनबीआइले गर्ने विभिन्न गोष्टि तथा छलफलहरुमा नाफिजका एक जना सदस्यलाई सहभागी गराउने सम्झौतामा उल्लेख छ । त्यस्तैगरि, एनआबीआइले उपलब्ध गराउने विभिन्न एएमएलर सिएफटी लगायतका अनलाइन तालिमहरुमा तीन वर्षसम्म हरेक वर्ष २५ जनालाई सहभागी गराउने सम्झौता भएको छ ।

त्यस्तै आवश्यकता अनुसारका तालिमहरु एनबीआइको सहकार्यमा नाफिजको आवश्यकता अनुसार आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन सहमति भएको छ ।

नेपालको बैकिङ क्षेत्रको बारेमा साक्षार बनाउन एनबीआइ सधै तत्पर रहेको र आर्थिक पत्रकारहरुको सस्था नै एनबीआइसँग सहकार्य गर्न आउदा अझ सहज भएको एनबीआइका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताएका छन् ।

त्यस्तै सोहि कार्यक्रममा नाफिजका बरिष्ठ उपाध्यक्ष बानियाले आर्थिक क्षेत्रमा कलम चलाइरहका पत्रकारहरुले लेख्ने समाचार सहि र तथ्य परक बनाउन तालिमको आवश्यकलाई एनबीआइले पुरा गर्ने धारण ब्याख्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि