• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु बैंकको मोरङमा नयाँ शाखा विस्तार

प्रभु बैंकको मोरङमा नयाँ शाखा विस्तार

  • मङ्लबार, चैत्र ५, २०७५
प्रभु बैंकको मोरङमा नयाँ शाखा विस्तार

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा आज मिति २०७५ चैत्र ५ गतेदेखि तिनपैनी शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले उद्घाटन गरेका थिए ।

बैंकको तिनपैनी शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा मोरङ्ग जिल्लास्थित विभिन्न, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख विनोदराज आचार्यले अतिथिको मन्तव्य राख्दै प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेको प्रंशसनीय कार्य भएको बताए साथै, त्यहाँका स्थानीयहरुलाई आप्mनो नजिकैबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा अवसरको सही सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली एवं गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरेका छन् ।

सञ्चालनमा आएको प्रभु बैंकको तिनपैनी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र विराटनगर महानगरपालिकाको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि