• होमपेज
  • अर्थ/वाणिज्य
  • सिरहाको गोलबजारमा एनआईसी एशियाको नयाँ शाखा

सिरहाको गोलबजारमा एनआईसी एशियाको नयाँ शाखा

  • बिहिबार, फाल्गुन ३०, २०७५
सिरहाको गोलबजारमा एनआईसी एशियाको नयाँ शाखा

एनआईसी एशिया बैंकले सिरहाको गोलबजार शाखाको औपचारीक शुभारम्भ गरेको छ । बैंकको सिरहाको गोलबजार नगरपालिका वडा नं ४ मा रहेको गोलबजार शाखाको उद्घाटन एक समारोहका विच गोलबजार नगरपालिकाका मेयर देवनाथ शाहले  गरे ।

शाखाको समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको भन्दै बैंकको प्रशंसा गरे । पुर्वाधारको हिसाबले अगाडी रहेका भएपनि वित्तीय पहुँचमा कमजोर रहेको २ नंम्बर प्रदेशमा बैंकले शाखा विस्तारलाई प्राथमीकतामा राखेको देखिन्छ । बैंकको २ नम्बर प्रदेशमा मात्र ४३ शाखा रहेको छ ।

सर्वसाधारणले अत्याधिक रुचाएको मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले मुलुकभरका २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकबाट करिब १४ लाख ५० हजार ग्राहकहरुले बैंकिङ सेवा लिरहेका छन् ।

सम्पुर्ण वित्तीय परिसुचक अत्यन्त राम्रो रहेको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ । मुलुकको हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उदेश्यले चाँडै नै अ

Facebook Comments

सम्बन्धित समाचार