• होमपेज
  • Hot news
  • एभरेष्ट बैंकको १ अर्ब डुब्यो

एभरेष्ट बैंकको १ अर्ब डुब्यो

  • शुक्रबार, फाल्गुन २४, २०७५
एभरेष्ट बैंकको १ अर्ब डुब्यो

भारतीय पञ्जाब नेशनल बैंकको मेजर शेयर र नेपाली लगानीकर्ताहरुको पनि केही शेयर रहेको एभरेष्ट बैंकको करिब १ अर्ब कर्जा डुब्ने भएको छ । एभरेष्ट बैंकको अगुवाईमा मेगा बैंक र सिद्धार्थ बैंकको लगानी रहेको रारा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हालत खराब भएको खुलेको छ ।

दैलेखको दुङ्गेश्वर गाउँपालिकाबाट जलविद्युत कम्पनीको विजुली केन्द्रीय प्रसारण लाइनमा जोड्नेबारे अन्यौल उत्पन्न भएपछि यी बैंकहरुको कर्जा डुब्ने देखिन्छ ।

निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको दैलेखको अपर पराजुली साना जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । पटक–पटक समस्याले सुस्ताएको आयोजना पछिल्लो तीन महिना तीव्र गतिमा काम भइरहेको छ ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ व्युराखेतमा निर्माण भइरहेको २.१५ मेगावाट जलविद्युत आयोजनाको ८० प्रतिशत काम पुरा भएको रारा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका परियोजना प्रमुख तथा इन्जिनियर चित्रलाल विश्वकर्माले राजतिलक साप्ताहिकसँग टेलिफोनमा बताए । २०६७ सालदेखि प्रक्रियामा गए पनि आयोजनाको काम भने २०७२ देखि सुरु भएको थियो। हाल आयोजनाको हेडवक्स, पाइपलाइन विच्छयाउने र पावर हाउस निर्माण गर्ने कार्य भइरहेको इन्जिनियर विश्वकर्माले बताए।

आयोजना अन्तिम चरणमा रहेको बताउँदै बैशाख महिनाभित्र विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भएको बताए । तर, विद्युत् प्राधिकरणले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना प्रभावित हुने देखिन्छ । यदि विजुली आयोजनाले तत्कालै बेच्न नपाए तीनवटा बैंकको करिब १ अर्ब ८० करोड डुब्ने प्रस्टै देखिन्छ ।

पूँजीको अभाव हुँदा संस्थापक शेयर सदस्य बन्न चाहने लगानी कर्ताहरूलाई शेयर लिन कम्पनीका अध्यक्ष नरसिंह मल्लले आग्रह गरेका छन् । यसले के प्रस्ट गर्दछ भने यदि यस्तै अवस्था रहे बैंकहरुको कर्जा डुब्ने निश्चित छ ।
२.१५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणमा एभरेस्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यहरूको ३० प्रतिशतमा करिब ५५ करोडको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको छ । त अन्यौलकै कारण यी बैंकको कर्जा डुब्ने देखिन्छ ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि