• होमपेज
  • Hot news
  • धर्मनिरपेक्षता खारेज गर्नुपर्छ

धर्मनिरपेक्षता खारेज गर्नुपर्छ

  • शुक्रबार, फाल्गुन १७, २०७५
धर्मनिरपेक्षता खारेज गर्नुपर्छ

संविधानसभामार्फत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन भएपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । दोस्रो जनआन्दोलन पश्चात पुनस्थापित संसदले २४० बर्ष लामो राजतन्त्र हटाएर मुलुकलाई गणतान्त्रिक बनायो । तर, अहिले पनि राजसस्था, धर्म निरपेक्षता र संघियता नेपालमा काम छैन भन्ने राजनीतिज्ञ र राजनीतिक दलहरु यदाकदा पाइन्छन । ति मध्यका एक हुन, राष्ट्रिय प्रजातनत्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा । थापासंग हामीले राजतन्त्रको पनस्थापना, हिन्दु धर्म र संघियताको भविष्यबारेमा कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सारसंक्षेप ः–

० राजतन्त्रको पुर्नविचार गर्ने कुरा उठाउनु भएको छ, यसको खास कारण के हो ?
गणतन्त्र स्थापनापछिको १२ वर्षको पहिला समिक्षा आवस्यक छ । यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट र किन आयो ? यस्तो अवस्था आउनुमा मुलुकलाई नेतृत्व गर्न सक्ने एउटा बलियो सस्था नहुनु हो । तसर्थ अव राजतन्त्रबारे पुनर्विचार गर्नु पर्ने बेला आएको मेरो भनाई हो । उपलव्धि ल्याउने भनेर राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाइएको थियो । तर, राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न सकेको देखिएन । त्यसैले यसको खरो समिक्षा आवस्यक छ ।

० तपाई पनि १२ बर्षको समयमा पटक–पटक सत्तामा पुग्नुभयो ? उपलव्धि हासिल गर्न नसक्नाको मुख्य कारण के हो ?
१२ बर्षमा बनेका केहि सरकारमा म पनि सामेल भएको सत्य हो । सत्तामा गएका वेला र बाहिर रहदा मैले बुझे अनुसार पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण देखिएको छ । वि.सं. २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौताका कारण मुलुकले यो गष्ति व्यहोरेको हो । जसलाई मैले त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको थिए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई तत्कालिन राजनेताहरुले ल्याएका थिए । कुनै अध्ययन, अनुसन्धानबीना हावाको भरमा ल्याएको व्यवस्थाले कति उपलव्धि हात लाग्यो या मुलुकमा दण्डहिनता र अराजकता मौलायो, त्यसको अब समिक्षा गर्नुपर्ने बेला आएको छ । अझै पनि यस्तै अवस्था रहन दिने हो भने आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्छ । यस विषयमा सचेत रहन मेरो सत्तामा रहेका र विपक्षीमा रहेका दल र नेताहरुलाई आग्रह छ ।

० तपाईले पुनस्थापना गर्ने भनेको राजतन्त्र दलीय हो या निर्दलीय ?
अहिलेको अवस्थामा निर्दलीय राजसस्थाको परिकल्पना समेत गर्न सकिन्न । लोकतन्त्रसहितको राजसंस्थाको आवश्यकत्ता अहिले देखिएको छ । गणतन्त्रले बेथिती मात्रै बढाएकोछ । तसर्थ अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गरेमा मात्र मुलुकमा विकास हुन सम्भव छ । यो संवेदनशील विषय भएकाले गोलमेच सम्मेलनमार्फत यो मुद्दाको निराकरण गरिनुपर्छ भन्ने राप्रपाको धारणा हो ।

० आफ्ना माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै, पुरा नभए जनसंघर्ष गर्ने चेतावनी दिनु भएको छ, के कस्ता माग समेटिएका छन् ?
हो, हामीले विभिन्न २२ बुदे माग राखेर काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई, सात प्रदेशका सदरमुकाममा मुख्यमन्त्रीलाई र अन्य सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई एकै दिन एउटै समयमा ज्ञापन पत्र बुझाएका छौ । त्यो ज्ञापनपत्रमा उल्लेख माग सरकारले फागुन मसान्तसम्म सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने हाम्रो तयारी छ । त्यसैको तयारी स्वरुप १५–३० मा राप्रपाले राष्ट्रियष् स्वाभिमान यात्रा गर्दैछ ।

० तपाईहरुले सरकारसमक्ष राखेका मागमा के के समेट्नु भएको छ ?
२२ बुँदे माग ज्ञापनपत्रमा धर्म निरपेक्षता खारेज गर्दै नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, संघीयता मुलुका लागि उपयुक्त हो या होइन भन्ने जनमत बुझ्न सबै राजनीतिक दलको सहभागितामा गोलमेच सम्मेलन आयोजना गर्ने, सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गरिनु पर्ने, वेरोजगारुलाई रोजागार भत्तालगायतका विषय समेटिएका छन् ।

० जनसंघर्षको तयारी सुरुप सुरु गर्न लागेको स्वाभिमान यात्रा कहाँदेखि सुरु भएर कहाँ पुगेर अन्त्य हुने हो ?
राष्ट्रिय स्वाभिमान यात्रा फागुन १५ गते ताप्लेजुङका सदरमुकामबाट सुरु हुन्छ । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ मैले गर्ने कार्यक्रम बनेको छ । हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य हामीले राखेका छौ । संघीयता कार्यान्वयन र चुनौति, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनताको अभिमत बुझ्नका लागि यात्रा गर्न लागिएको थापाले बताए ।

ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ आएर समापन हुने कार्यक्रम हामीले बनाएका छौ । ताप्लेजुङबाट काठमाडौँसम्मको १५ दिने यात्राले दुई हजार ८ सय किमि दूरी पार गर्नेछ । यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाउने र यी धर्महरुलाई चिनाउने झाकी प्रस्तुत गर्ने तयारी हामीले गरेका छौ ।

यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरिनेछ । र कार्यक्रमको अन्त्यमा पशुपतिनाथ मूर्तिमा अभिषेक गराउने योजना हाम्रो छ । यात्राका क्रममा साना–ठूला १०० भन्दा बढि सभा हुने र सबै सभामा म आफै उपस्थित हुने कार्ययोजना पार्टीले बनाएको छ ।

० सरकारले तपाईहरुले पेश गरेका २२ बुँदे मागपत्रलाई वेवास्ता ग¥यो भने, चैतबाट सुरु हुने तपाईहरुको जनसंघर्ष कार्यक्रमको स्वरुप कस्तो हुन्छ ?
हामीले अन्य दलहरुले जस्तो् विध्वंसात्मक जनसंघर्ष गर्दैनौ । चैत्र एक गतेदेखि सबै स्थानीय निकायबाट विरोधका कार्यक्रम सुरु गरिन्छ । उक्त विरोधलाई काठमाण्डौसम्म विस्तार गर्ने पार्टीको योजना छ । हाम्रो जनसंघर्ष कुनै पार्टी, धर्म, सम्प्रदायविरुद्ध हुने छैन । देश बचाउने र बनाउने अभियान अन्तर्गतको राष्ट्रवादी जनसंघर्ष हुनेछ । संविधानको परिधिभित्र रही संविधानप्रदत्त हक र अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण ढंगले सञ्चालन हुनेछ । सुरुमा सात सय ५३ स्थानीय तहमा र पछि राजधानीकेन्द्रित संघर्ष गर्ने योजना हाम्रो छ । जनसंघर्षका निमित्त उपयुक्त र आवश्यक माहोल तयार गर्न स्वाभिमान यात्रा उपयोगी हुने हाम्रो बुझाइ छ ।

० दुई तिहाई मतको केपी शर्मा ओली नेतृत्वको सरकारको एक बर्षे कार्यकाललाई कसरी हेर्नु भएको छ ?
दुई तिहाई मत सहित केपी शर्मा ओली प्रधानमन्त्री बन्दा आम नागरिकले स्थायीत्व, शान्ति समृद्धि हुने परिकल्पना गरेका थिए । तर, सरकारले त्यसको ठयाक्कै विपरित आफ्नो एक वर्षे कार्यकालमा जनतालाई निराशा मात्रै दिएको छ । जनताले अव सरकारलाई बहिस्कार गर्ने दिन नआउनला भन्न सक्ने अवस्था देखिन्छ, सरकारको यहि रवैया रहयो भने ।

० अन्त्यमा राप्रपा प्रजातान्त्रिक र एकिकृत राप्रपा राष्टवादीबीचको एकतालाई कसरी लिनु भएको छ ? तपाईहरु र राप्रपा प्रजातान्त्रिकबीच हुने भनिएको एकता किन हुन सकेन ?
हामीसंग राप्रपा प्रजातान्त्रिकको एकता किन भएन भन्ने विषयमा तत्कालिन राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले जवाफ दिनुपर्छ हामीसँग किन एकता गर्न चाहनुभएन ? किन प्रकाशचन्द्र लोहोनीसँग एकता गर्नुभयो ?” २ लाख भोट ल्याउने पार्टीलाई छोडेर २० हजार भोट भएको लोहोनीसँग राणाले एकता गर्नुको रहस्य उहाँलाई नै थाहा होला । हामी त एकताका लागि सदैव तयार थियौ, छौ र हुनेछौ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि