• होमपेज
  • समाचार
  • जीवन र निर्जीवन बीमाका सयौ उजुरी बीमा समितिमा : कारवाही मात्रै होइन, हस्तक्षेप पनि हुन्छ– अध्यक्ष चापागाई

जीवन र निर्जीवन बीमाका सयौ उजुरी बीमा समितिमा : कारवाही मात्रै होइन, हस्तक्षेप पनि हुन्छ– अध्यक्ष चापागाई

  • सोमवार, फाल्गुन ६, २०७५
जीवन र निर्जीवन बीमाका सयौ उजुरी बीमा समितिमा : कारवाही मात्रै होइन, हस्तक्षेप पनि हुन्छ– अध्यक्ष चापागाई

भूपेन्द्र आचार्य । नेपालको इतिहासमा करिब १५ प्रतिशत बीमा बजार रहेको देखिन्छ । बीमा कम्पनीहरु बजारमा आक्रमक रुपमा गए पनि बीमा गरेको रकम समयमै नदिने सहि मुल्याकन नगर्ने, दलाली गर्ने, बीमा कम्पनीहरुले गर्ने निर्णयमा बीमा गर्नेहरुले चित्त दुखाउने र लामो समयसम्म पैसा नपाउने जस्ता उजुरी बीमा समितिमा परेको भेटिएको छ ।
के कस्ता उजुरी आएका छन् ?

कस्तो कारवाही हुन्छ ? भनी गरएको प्रश्नमा बीमा समितिका अध्यक्ष चिरनजीबी चापागाईले डब्लु नेपाल डटकमसंग भनेः– दुख पाएको नै उजुरी बढि आएका छन् । हामी छानबीन कै पक्षमा छौं । ७१ उजुरी आए पनि १२ निर्णण हुन बाँकी छन् । यी १२ गम्भीर प्रकारका छन् । छानवीन भइरहेको छ । तथ्य देखिए कारवाही मात्रै होइन हामी बीमा कम्पनीमा हस्तक्षेप नै गर्ने पक्षमा छौं ।

मुलुकमा हालसम्म १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र पुर्नबीमा कम्पनी १ गरी जम्मा ४० वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । यी बीमा कम्पनीहरुमा हालसम्म गरी ५० वटा उजुरी परेका भेटिएको छ । त्यस मध्ये ८ वटा आपसी सहमतिमा समाधान भएका छन् भने अन्य उजुरीहरुमाथी निर्णय हुन बाँकी रहेको खुलेको छ ।

बिमा समितिमा नीजि वा सार्वजनिक भन्दा पनि व्यवसायिक सवारी साधनको बढि उजुरीहरु आउने गरेका छन् । बिमा गरेका व्यक्तीहरुले गर्ने उजुरीहरु बिमा कम्पनिले गर्ने निर्णयमा चित्त नबुझेमा र लामो समय सम्म दायित्त निर्धारण नगरेमा या लामो समयसम्म न्याय नपाएमा बिमितहरुले उजुरी गर्ने गरेका छन् ।

अघिल्लो वर्ष भने जिवन र निर्जीवन गरी ८३ वटा उजुरीहरु परेका थिए । त्यस मध्ये ७१ वटा समाधान भैसकेको र १२ वटा निर्णय हुन बाँकी रहेको बिमा भेटिएको छ ।

दुबैगरी हालसम्म ५४ वटा मुद्दाहरु फैसला हुन बाँकि रहेको छ । हालसम्मको रपोटको आधारमा व्यवसायिक सवारी साधनको मुद्दा बढि आउने गरेको बिमा समितिले जनाएको छ । यसमाथी कारवाही हुन जरुरी देखिन्छ । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार