• होमपेज
  • अर्थ/वाणिज्य
  • तेस्रो पटक एनएमबी बैंकले ल्यायो डलरमा कर्जा

तेस्रो पटक एनएमबी बैंकले ल्यायो डलरमा कर्जा

  • बुधबार, फाल्गुन १, २०७५
तेस्रो पटक एनएमबी बैंकले ल्यायो डलरमा कर्जा

नेपालको ८ अर्ब चुक्ता पुजी भएको र विदेशबाट पटक पटक कर्जा ल्याउन सफल एनएमबि बैंक र बेलायत सरकारको पुर्ण स्वामित्व रहेको सिडिसि ग्रुप विच १ करोड ५० लाख डलर ऋण ल्याउने सम्झौता भएको छ । ३ बर्षको लागि पुर्वाधार निमाण, कृषि, पर्यटन, हाइड्रो तथा सोलार क्षेत्रमा लगानी गर्ने गरि उक्त ऋण ल्याउन लागेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

नेपालमा पछिल्ला बर्षहरुमा बैंक ताथ वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजीको चरम अभाव सिर्जना भएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशबाट कर्जा ल्याउने बाटो खुल्ला गरेको थियो । राष्ट्र बैंकको उक्त व्यवस्था सँगै एनएमबी बैंकले विदेश बाट ऋण ल्याउन प्रक्रिया सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताउँछन् । बैंकले यो सम्म गरेर तेस्रो पटक बैदेशिक ऋण ल्याउन लागेको हो ।

बैकहरुमा निक्षेपको तुलनामा ऋणको माग अत्याधिक भएकोले मुलुकले लिएको आर्थिक वृद्धिदरको लक्ष्य भेट्याउन ५ खर्ब अतिरिक्त रकम चाहिने उनि बताउँछन् । यति ठुलो रकम नेपालको आन्तरीक स्रोबाट जुटाउन सम्भव छैन त्यसैले विदेशबाट ऋण ल्याउनुको विकल्प नरहेको उनले बताए । विदेशि ऋण ल्याउन सहज बनाउने उदश्यले नेपाल राष्ट्र बैंकले हेजिङको व्यवस्था गरेको भएपनि त्यो ब्यवस्था बैंकिङ च्यानलको लागि त्यति प्रभावकारी नरहेको उनी बताउँछन् ।

बैंक अध्यक्ष पवन गोल्यानले स्थायी सरकार सँगै मुलुकमा ठुला आयोजनाको सुरुवात भएको र त्यसको लागि मुलुकमा आवश्यक स्रोतको अभाव रहेकोले पूँजी अभावको सिर्जना भएको बताए ।

उनले बैंकहरुले निक्षेपको व्याजदरमा नियन्त्रण गरेर क्याप लगाएकोले नै कर्जाको ब्याजदर आकासिनबाट रोकिएको बताए ।बैंकहरुले निक्षेपको ब्याजदर स्वतन्त्र छोडेका भए निक्षेपको बैंकहरुले १३÷१४ प्रतिशत सम्म पुग्ने र कर्जाको ब्याजदर १८÷१९ प्रतिशत पुग्ने सम्भावना रहेको उनले बताए । तर बैंकले समयमानै ब्याजदरमा सिमा तोकेकोले उत्तल अवस्था सिर्जन हुनबाट जोगिएको उनले बताए ।

बैदेशिक लगानी भित्राउने एनएमबी बैंक नेपालकै पहिलो र एक मात्र बैंक होे । अन्य बैंकहरुले पनि प्रक्रिया अगाडी बढाएको भएपनि हालसम्म सम्झौता गर्न सकको छैनन् ।

Facebook Comments

सम्बन्धित समाचार