• होमपेज
  • मनोरञ्जन
  • “तिम्रै यादले बाँच्न पाइया छ“ (भिडियो सहित)

“तिम्रै यादले बाँच्न पाइया छ“ (भिडियो सहित)

  • बुधबार, फाल्गुन १, २०७५
“तिम्रै यादले बाँच्न पाइया छ“  (भिडियो सहित)

नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक गणेश सिंह ठकुरीको आवाजमा सजिएको लोकदोहोरी गीत “तिम्रै यादले बाँच्न पाइया छ“ गीतको अडियो तथा भिडियो बजारमा आएको छ ।
आफना प्रेमीको यादमा नै जिवन अहिले सम्म बाँच्न सफल भएको गायिका शान्ती श्री ले बताइन । जिवनका अनेकौ चोटहरुलाई सहेर भएपनि आफनो प्रेम सफल बनाउनको लागी आफु लागी परेको कुरालाई गीतमा ब्यक्त गरिएको छ । प्रकाश भण्डारीको शब्द तथा  गणेश सिंह ठकुरीको लय सिर्जना प्रस्तुत गीतमा रहेको छ ।
मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।, “तिम्रै यादले बाँच्न पाइया छ“ गीतमा बुद्धविर थापा र साया भण्डारीको अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्नुहोस ।
Facebook Comments

सम्बन्धित समाचार