कामना सेवाविकास बैंक, पोखरा महानगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा पोखरा लेखनाथ महानगरपालिका क्षेत्रभित्र रहेका न्यूनआय भएका १०० घरपरिवारका लागि सुरक्षित घर निमार्णको लागि सहुलियत दरमा कर्जा प्रवाह गर्ने त्रिपक्षिय सम्झौता भएको छ ।

पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख मानबहादुर जि. सी. तथा प्रशासकिय अधिकृत शेष नारायण पौडेल, बैंकको र्तफबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र लुमन्तिको आवासको लागि सहयोग समुहको तर्फबाट लजना मानन्धरले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो ।

पोखरा महानगरपालिकाको सभाहलमा भएको सम्झौता समारोहमा विभिन्न वडाका वडाध्यक्ष तथा सचिवहरु, बैंकका संचालकद्वय चतुराखर अधिकारी र देव कृष्ण काफ्ले, बैंकका उच्चपदस्थ कर्मचारीहरु, महानगरपालिकाका कर्मचारीहरु, पत्रकार तथा विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्