• होमपेज
  • Hot news
  • रंगशाला निर्माणमा राजनीतिकरण र भ्रष्टाचार हुन दिन्न

रंगशाला निर्माणमा राजनीतिकरण र भ्रष्टाचार हुन दिन्न

  • शुक्रबार, माघ २५, २०७५
रंगशाला निर्माणमा राजनीतिकरण र भ्रष्टाचार हुन दिन्न

निकै चर्चामा रह्यो गत हप्ता गौतम बुद्ध अन्तर्रािष्ट्रय क्रिकेट रंगशाला  बनाउने खबर ।  धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा रंगशाला निर्माण सुरु गरे। फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मश’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले आइतबार संयुक्त रुपमा डोजर चलाएर रंगशाला निर्माण सुरुवात गरेका छन् ।  रंगशाला निर्माणका लागि गुरुयोजना बनाउने काम सुरु भइसकेको छ । २० बिगाहा ८ कट्ठा जमिनमा निर्माण गरिएको सो अन्तराष्ट्रिय रंगशालाको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको छ । गत माघ १६ गते फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच रंगशाला २ वर्ष्भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता समेत भयो । यसै विषयमा केन्द्रित रहेर महानगरकी प्रमुख रेणु दाहालसँग राजतिलक साप्ताहिक प्रतिनिधीले गरिएको कुराकानीको सारांश

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला गराउन धुर्मुस–सुन्तली फाउण्डेशनलाई जिम्मा लगाउनु भयो नी ?

धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गर्ने कार्य भएको छ । यो खुशीको कुरा हो । अन्तर्राष्ट्रियस्तरमै यस्तो म्यासेज भएको छ । रंगशाला निर्माणका लागि गुरुयोजना तयार भइसकेको छ ।

२० बिगाहा ८ कट्ठा जमिनमा निर्माण गरिएको सो अन्तराष्ट्रिय रंगशालाको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको  छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको हो ।

यती ठुलो काम किन धुर्मुस सुन्तली फाउण्डेशलाई जिम्मा दिनुभयो त तपाईहरुले गर्न सक्न’ ह’न्थेन र ?

भरतपुर महानगरपालिका स्वयम् पनि संलग्न छ । महानगरकै नेतृत्वमा फाउण्डेसनले बनाउने हो । सरकारको पनि साथ रहन्छ ।

मुलुकमा महानगरले गर्न नसकेको काम धुर्मुस सुन्तली लागेपछि हुने भो होइन त ?

त्यसो होइन । त्यसरी प्रचार हुनु गलत हो । महानगरपालिकाले बनाउन नसक्ने होइन । केन्द्र सरकारदेखि स्थानीय तहसम्मको स्रोत साधन र बजेटले पनि बनाउन सकिन्थ्यो । हामीले सार्वजनिक निजी साझेदारीको प्रारुप अनुसार अगाडि बढ्न खोजेका हौँ । हामीले विकास निर्माणका काम तिब्रताका साथ अगाडि बढाउन खोजिरहेका छौँ । यसमा जनताको प्रत्यक्ष सहभागिता र लगानीबाट गर्दा छुट्टै महत्व हुन्छ । त्यसरी बुझ्नु पर्छ । फाउण्डेशनसँग सहकार्य गरिएको हो ।

ठूला ठूला परियोजना राज्य आफैँले बनाउनुपर्दैन थियो र ? तपाईको पिता जी प्रचण्ड पनि त्यहीबाट विजयी हुनु भयो । अहिले ठुलो काम धुर्मुस–सुन्तली फाउण्डेशनलाई दिँदा राम्रो भएन भनिन्छ नी ?

हो, यो राष्ट्रिय गौरवको आयोजना जस्तै हो । यसलाई हल्का टिप्पणी गर्न हुदैन । सरकारले गर्नुपथ्र्यो । प्रचण्डजस्तो शक्तिशाली नेता भएको जिल्ला, पूर्व प्रधानमन्त्री, सत्तारुढ दलको अध्यक्ष पनि हुनुहुन्छ । त्यो सहि कुरा हो । कसैले पनि मुलुकका लागि केहि गर्ने सोच बनाएको छ । काम गर्ने इच्छा शक्ती देखाएको छ भने साथ दिनु पर्छ । हाम्रो साथ छ उहाहरुलाई । यति ठूलो आयोजना किन सरकारले गरेन भन्ने प्रश्न नउठेको होइन । तर हामीले धेरै काम गर्नुपर्ने छ । यसका लागि विभिन्न पक्षको सहयोगको आवश्यकता छ ।

सरकारले एउटा रंगशाला पनि निर्माण गर्न  धुर्मुस–सुन्तली ग’हार्ने होे त ?

सरकारले बनाउन नसक्ने भन्ने होइन । बनाउन सकिन्छ । सरकारले अरु थुप्रै काम सरकारले गरिरहेको छ । ठूला र गौरवका आयोजनाहरु सरकारले नै बनाइरहेको छ । अन्य पक्षको उत्साहजनक सहभागिताको खाँचो छ । जनताको पनि सहभागिता र लगानीले नै आर्थिक क्रान्ति गर्न सक्छन भन्ने उदहारण हो यो ।

संघीय सरकारको सहयोग र समर्थन पनि  छ त ?

छ । यो काममा सबैको सहयोग छ । रंगशाला भनेको साझा आवश्यकता र काम हो । समयको आवश्यकता र माग पनि हो ।

सहकार्यताका बारेमा प्रष्ट पारिदिनुस् न ? 

सहकार्यताका बारेमा  प्रष्टै छ । यसमा लुकाउनुपर्ने कुरा के छ र । जो कसै सँग पनि राज्यका हितमा हात मिलाउन तयार छौं । निर्माण अवधिभर सम्पूर्ण व्यवस्थापनको काम फाउण्डेशनले गर्छ । त्यसको प्रत्यक्ष निगरानी, नियमन, अनुगमन र निर्देशन महानगरपालिकाले गर्छ ।

रंगशाला निर्माणका लागि सरकारी निकायको भूमिका निगरानी, नियमन, अनुगमन र निर्देशन  कस्तो छ ?

रंगशाला निर्माणका विषयमा हामीले केहि दिन अघि सम्झौता गर्यौँ । निर्माणमा भरतपुर महानगरपालिकाको नेतृत्वदायी भुमिका रहन्छ । रंगशाला निर्माण सकेर हस्तान्तरण नभएसम्म महानगरको निर्देशक समितिले हेर्छ । निर्माणका बेला पनि महानगरको प्रत्यक्ष भूमिका रहन्छ । आवस्यक सहयोग हुन्छ ।

बजेटको व्यवस्थापनमा महानगरको भूमिका के हुने ? आम नागरिक र खेल क्षेत्रमा ब्यापक चासो बढेको छ नी ? 

पैसा जुटाउने काममा महानगर र फाउण्डेशनले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा आव्हान गर्छ ।  प्रत्यक्ष रुपमा महानगर वा सरकार सहभागि हुँदा सार्वजनिक खरिद ऐन प्रभावित हुन्छ । त्यसकारण हामी जोडिन मिल्दैन । बजेटमा हामी सहभागि हुनका लागि टेण्डर आव्हान गर्नुपर्ने हुन्छ । निर्माणको सम्पूर्ण व्यवस्थापन फाउण्डेशनले नै गर्छ ।

रंगशाला निर्माणमा राजनीतिकरण र भ्रष्टाचार हुने हो कि ?

भरतपुर महानगरले राजनीतिकरण गर्न दिदैन । अहिलेसम्म यो महानगरमा अहिलेसम्म राजनीतिकरण भएको पनि छैन । निर्माणमा आर्थिक कारोबारको जिम्मेवारी फाउण्डेशनको हो । महानगरले निरन्तर अनुगमन गर्छ ।  राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार