• होमपेज
  • मनोरञ्जन
  • प्रमोद खरेलको यो कुरा गोप्य सार्वजनिक

प्रमोद खरेलको यो कुरा गोप्य सार्वजनिक

  • शुक्रबार, माघ २५, २०७५
प्रमोद खरेलको यो कुरा गोप्य सार्वजनिक

प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ
। बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट यो कुरा गोप्य बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् ।
यो कुरा गोप्य निकै रमाइलो र डान्सिङ गीत भएको प्रमोदले बताए । उनले भने, हामीले यस गीतलाई पूर्ण रुपमा डान्सिङ फ्लेवरमा तयार पारेका छौँ । गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ । प्रमोद यस गीतले दर्शक/श्रोताको मन जित्नेमा विश्वस्त छन् ।

थापाको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा नाजिर हुसेन र एलिशा राईको जोडी बाधिएको छ । भिडियोमा नजिरले एलिशालाई आफूले माया गरेको कुरा गोप्य राख्न आग्रह गरिरहेका छन् । नाजिर आफ्नो हरेक क्रियाकलाप गोप्य राख्ने बताइरहेका छन् । तर, भिडियोको अन्त्यमा गायक खरेल कथामा ट्विस्ट बनेर आइदिन्छन् र एलिशालाई भगाउँछन् ।

राजिव समरको नृत्य निर्देशनमा रहेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् । कमल प्रसाईले ड्रेन चलाएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । दिक्षा क्रियशलले तयार गरेको अडियो भिडियोलाई दिपा सिटौला खरेलले निर्माण गरेकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार