• होमपेज
  • समाचार
  • १४ वाणिज्य बैंकको नाफमा एनआईसी एशियाको छलाङ्ग

१४ वाणिज्य बैंकको नाफमा एनआईसी एशियाको छलाङ्ग

  • बिहिबार, माघ १७, २०७५
१४ वाणिज्य बैंकको नाफमा एनआईसी एशियाको छलाङ्ग

निर्मल धिताल । नेपालका २८ वाणिज्य बैंकहरु मध्ये यो समाचार तयार गर्दा सम्म १४ बैंकहरुले आफ्नो ६ महिनाको रिजल्र्ट वाहिर ल्याएका छन् ।

लगातार बैंकहरुमा चर्को तरलता आएपनि बैंकहरुको नाफा लाखमा होइन । करोड भन्दा माथीमा आएको छ । यो राम्रो संकेत हो । तर नाफा कसरी कमाए बैंकहरुले ? यो खोजीको विषय चाहिँ हो ।

६ महिनामा १४ वाणिज्य बैंकहरुले साढे १५ अर्ब खुद नाफा कमाएका भेटिएको छ । यी बैंकको नाफा हेर्दा औसतमा एउटा बैंकले ६ महिनामै १ अर्ब बढी नाफा कमाउन सक्षम भएको देखिन्छ ।

एक वर्षको समीक्षा अवधिमा यी बैंकहरुको नाफा ३० प्रतिशतले बढेको हो। गत वर्ष यसै अवधिमा यी १४ बैंकको नाफा ११ अर्ब ८७ करोड थियो। अन्य १५ बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन्। तर यी १४ बैंकको विवरणले बैंकहरुको नाफा एक वर्षमा ३० प्रतिशतभन्दा बढीले बढ्ने भेटिएको छ । यो राम्रो त पक्कै हो तर खोजीको विषय पनि हो ।
हालै वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरु कसैको पनि खुद नाफा घटेको छैन । नेपालको निजी बैंकहरुमा सबैभन्दा बढी शाखा सञ्जाल र सबैभन्दा बढी पुँजी भएको एनआईसी एशिया बैंक लिमिटेडले दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले १ अर्ब ३५ करोडले वृद्धि गरी २ अर्ब १४ करोडको नाफ आर्जन गरेको छ ।
नविल बैंकले २ अर्ब १७ करोड खुद नाफा कमाएको छ । त्यस बैंकका सीइओ अनिल केशरी शाह हुन् ।
वृद्धिदरका आधारमा भने एनआइसी एसिया बैंक अग्रस्थानमा छ। बैंकको नाफा १६४ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा ५७ करोड नाफा कमाएको यो बैंकले अहिले सोही अवधिमा १ अर्ब ५१ करोड कमाएको भेटिएको छ ।
कुन बैंकको नाफा कति ?

नाफा के हो ?
धेरैलाई लाग्न सक्छ, बैंकहरुले ऋणमा धेरै व्याज लिएर नाफा बढाए। बैंकहरुले पैसा जम्मा गर्नेलाई व्याज दिन्छन्, ऋण लैजानेबाट व्याज लिन्छन्। ऋण लैजानेबाट लिएको व्याजबाट पैसा जम्मा गर्नेलाई दिइसकेपछि बाँकी रहेको आम्दानीमा विविध खर्च कटाएपछि बैंकहरुको नाफा आउने हो ।

बैंकहरुको आम्दानीको मुख्य स्रोत नै व्याज हो। व्याजबाहेक अन्य सेवा शुल्कहरुबाट पनि आम्दानी हुन्छ। यो सबै आम्दानीबाट खर्चहरु घटाएपछि नाफा निस्कने हो । बैंकहरुले ऋण लगानी गरेवापत लिने व्याजदर र निक्षेप लिएवापत बचतकर्तालाई दिने औसत व्याजदरको अन्तरलाई स्प्रेड दर भनिन्छ । यस्तो दर अधिकतम ५ प्रतिशत तोकिएको छ। यद्यपी आगामी असार मसान्तसम्म यो दर साढे ४ प्रतिशतमा झार्नुपर्छ ।

अर्थात बैंकहरुले व्याजवापत ५ प्रतिशतभन्दा बढी नाफा लिन पाउँदैनन् । जस्तै बैंकहरुले बचतकर्तालाई दिने औसत व्याजदर ८ प्रतिशत छ भने ऋणीबाट पनि औसतमा १३ प्रतिशतभन्दा बढी लिन पाउँदैनन्। यस्तो स्प्रेडदर ५ प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्ने प्रावधान छ। त्यसकारण ऋणीबाट धेरै व्याज असुलेर नाफा बढाए भन्नु तर्कसंगत हुँदैन।

नाफा बढ्नुुमा पहिलो कारण व्यवसाय बढ्नु हो। बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ, कर्जा पनि बढ्दै गएको छ। गत वर्षको पुस मसान्तसम्म २२ खर्ब १४ अर्ब निक्षेप संकलन भएकोमा अहिलेको पुस मसान्तसम्म बैंकहरुमा २६ खर्ब ५० अर्ब संकलन भयो।

निक्षेप संकलन भइसकेपछि यो रकम कर्जावापत बैंकहरुले दिन्छन्। यसरी दिने कर्जा रकम पनि स्वतः बढ्छ, बढेको छ। गत वर्षको पुस मसान्तसम्म १९ खर्ब २२ अर्ब कर्जा प्रवाह भएकोमा अहिलेको पुस मसान्तसम्म २३ खर्ब ४४ अर्ब प्रवाह भएको छ। यो भनेको बैंकहरुको व्यवसाय बढ्नु हो, तसर्थ नाफा स्वतः बढेको हो।

अर्को कुरा बैंकबाहेक अरु निजी उद्योगकारखानाको नाफा बढेको कुरा कसैलाई थाहा हुँदैन। बैंकहरु पब्लिक कम्पनी भएकाले हिसावकिताव प्रत्येक त्रैमासिक अवधिमा सार्वजनिक गर्नुपर्छ। निजी उद्योग कारखानाले पर्दैन। जसले गर्दा सबैको ध्यान बैंकहरुको नाफामा बढी केन्द्रित भएको हो।

बैंकबाहेक अन्य उद्योगहरुको नाफा पनि वर्षेनी यसैगरी बढ्दै जान्छ। ति उद्योग क्षेत्रलाई बरु नाफाको सीमा तोकिएको हुँदैन, प्रतिस्पर्धाले स्वतः कम नाफा लिनका लागि दवाव पुगेको हुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि