• होमपेज
  • समाचार
  • प्राइम लाइफको मुनाफा ९ करोड ५ लाख

प्राइम लाइफको मुनाफा ९ करोड ५ लाख

  • बुधबार, माघ १६, २०७५
प्राइम लाइफको मुनाफा ९ करोड ५ लाख

निजि क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफामा ९ करोड ५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २१ दशमलव ४१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले नाफा ११ करोड ५१ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क ३० दशमलव ९७ प्रतिशतले वृद्धि गरी १ अर्ब २२ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ भने खुद दाबी भुक्तानी ५० प्रतिशतले वृद्धि गरी १७ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

१ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ९७ करोड ९० लाख रुपैयाँ र जीवन बीमा कोषमा ७ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ राखेको छ । जसले आम्दानीमा १७ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च ७ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल बीमाशुल्क हाल सम्म १३ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी कुल २२ करोड ७८ लाख रुपैयाँ रहेको छ । कुल कायम बीमालेखको संख्या ४ लाख ८६ हजार ६२३ वटा र कुल दाबी भुक्तानी संख्या १ हजार ६० वटा रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १० दशमलव १४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ६० दशमलव १२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९ दशमलव २९ गुणा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि