• होमपेज
  • अर्थ/वाणिज्य
  • एनएमबि बैंक र वन टु वाच बीच फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता

एनएमबि बैंक र वन टु वाच बीच फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता

  • बुधबार, माघ १६, २०७५
एनएमबि बैंक र वन टु वाच बीच फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता

एनएमबि बैंक र वन टु वाच बीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी. र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्क बीच एनएमबि बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आयोजित कार्यक्रममा यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता अनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङ्ग अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् ।

वन टु वाचले लगानी अवसर सम्भावना रहेका कम्पनीहरूको पहिचान गर्ने तथा उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ ।

एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तिनले विदेशी लगानीको स्वीकृति नपाउन्जेल सम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ्ग उपलब्ध गराउने छ ।

यस सहकार्यका माध्यमबाट एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनिहरुलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति गर्ने लक्ष्य लिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि