• होमपेज
  • समाचार
  • समुदाय–प्रहरी साझेदारीलाई जनता बैंकको सहयोग

समुदाय–प्रहरी साझेदारीलाई जनता बैंकको सहयोग

  • आइतवार, माघ ६, २०७५
समुदाय–प्रहरी साझेदारीलाई जनता बैंकको सहयोग

महानगरीय प्रहरी परिसर, काठमाडौंले अपराध रोकथाम गर्ने, समाजिक बिकृति एवं विसंगति बिरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यबस्थापनमा जनसहयोग जुटाउदै समग्र सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्ने उद्देश्यले मिति २०७५ कार्तिक ११ गते देखि कार्यान्वयनमा ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई जनता बैंकबाट सचेतनामुलक सामाग्री प्रदान गरिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुमा नबनिर्मित नागरिक सहायताकक्षको उद्घाटन कार्यक्रममा बैंकको सँस्थागत मामिला तथा सँस्थागत सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५,००० थान जानकारी मुलक स्टिकर प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गर्नुभयो । उक्त स्टिकरहरु समुदायको प्रत्येक घरमा टाँस गर्ने कार्यक्रम रहेको छ ।

हस्तान्तरण गरिएको स्टिकरमा सिधा सम्पर्क गर्न सकिने प्रहरी अधिकारी र कार्यालयको सम्पर्क नम्बरहरु उल्लेख गरिएको छ । समुदायमा शंकासपद मानिस, चिजवस्तु देखेमा वा सुरक्षा सम्बन्धि सहयोग, जानकारी र गुनासो भएमा वा तत्काल प्रहरीको सहयोग आवश्यक परेमा स्टिकरमा उल्लेख गरिएका नब्बरहरुमा सम्पर्क गर्ने ब्यबस्था मिलाइएको छ । प्रहरीका अनुसार महानगरका करिब ४ लाख घरमा यस्तो स्टिकर राखिने कार्यक्रम रहेको छ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको छ । यसै शिलशिलामा हालै चितवन स्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भबन निर्माण सहयोगार्थ रु. १ लाख ५० हजार र धरानमा अबस्थित असहाय सहयोग परिषदलाई रु. १ लाख सञ्चालन अनुदान प्रदान गरिएको छ । यसैगरी त्रिवेणी घाट पनौतीमा रहेको मंैत्री बृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि